४ वर्षपछि नेपाल एयरलाइन्स दुबईका लागि उड्दै - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

४ वर्षपछि नेपाल एयरलाइन्स दुबईका लागि उड्दै



२ भदौ, काठमाडौं । ४ वर्षपछि राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले संयुक्त अरब इमिरेट्सको दुबईमा सीधा उडान थाल्दैछ । आज राति साढे ११ बजे नेपाल एयरलाइन्सको एयरबस दुबइका लागि उड्ने छ ।

पुनः दुबई उडान सुरु भएको अवसरमा पहिलो फ्लाइटका यात्रुलाई ‘स्पेशल ट्रिट’ दिने योजना बनाएको निगमका प्रवक्ता रामहरी शर्माले अनलाइनखबरसँग बताए । नेपाल एयरलाइन्सले नेपालीको प्रमुख रोजगार गन्तब्य दुबईमा निगमले साताको तीन उडान गर्नेछ ।

एक सय ५८ सिट क्षमताको ए-३२० एयरबसमार्फत दुबईमा उडान भर्ने तयारी भएको छ । काठमाडौंबाट आइतबार, मंगलबार र बिहीबार तथा दुबईबाट सोमबार, बुधबार र शुक्रबार उडान हुनेछ ।

निगमले पाँच वर्षअघि दुबईमा हप्तामा चार उडान भर्ने गरेको थियो । नयाँ जहाज ल्याउन नसकिँरहदा भएका जहाज पनि ग्राउन्डेड हुने क्रम बढेपछि निगमले दुबइको उडान स्थगित गरेर बसेको थियो ।

नेपाल एयरलाइन्सले दुबई उडानबाट वाषिर्क एक अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको छ । निगमले एक वर्षमा यो उडानमार्फत ४० हजार बढी यात्रुलाई सेवा दिनेछ ।

विसं २०४१ माघदेखि दुबईमा सुरु भएको निगमको व्यवसायिक उडान सन् २०१२ अगस्टदेखि बन्द भएको थियो । निगमकाअनुसार काठमाडौंबाट दुबई उडान अवधि चार घन्टा ४० मिनेटको हुन्छ । हवाइ यात्रा गर्दा दुबईबाट काठमाडौं आउन चार घन्टा १५ मिनेट समय लाग्छ । दुबई उडान प्रारम्भ भएपछि निगमको अन्तर्राष्ट्रिय गन्तव्य आठवटा हुनेछ ।

नेपाल एयरलाइन्सले अहिले क्वालालम्पुर, हङकङ, बैंकक, नयाँदिल्ली, बैंगलोर, मुम्बई र दोहामा उडान गर्ने गरेको छ ।निगमले एकदेखि डेढ वर्षभित्रै दुई वाइडबडी जहाज ल्याउन तयारी भइरहेको बताएको छ । दुबईपछि निगमले निकट भविष्यमा नै चीनको ग्वान्झाओमा पनि उडान गर्ने तयारी गरिरहेको प्रवक्ता शार्मले बताए । ‘दशैंको आसपासमा हामी गान्झाओका लागि पनि उड्ने छौं’, शर्माले भने ।