सय दिन नपुग्दै काठमाडौंका मेयर-उपमेयरको झगडा शुरु - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

सय दिन नपुग्दै काठमाडौंका मेयर-उपमेयरको झगडा शुरु



काठमाडौं

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गीबीच एक सय दिन नपुग्दै खटपट शुरु भएको छ ।

एमाले निकट शाक्य र कांग्रेसनिकट खड्गीबीचको खटपट सतहमै पुगेको छ ।

उपमेयर खड्गीले मेयर शाक्यले हरेक काम आफूसँग सल्लाह नगरी एकलौटी रुपमा गर्ने गरेको आरोप लगाएकी छन् ।

आफूले उपमेयरको कार्यभार सम्हालेदेखि नै मेयर शाक्यले एकलौटी गर्दै आएको आरोप खड्गीको छ ।