पोइ कमाउने स्वास्नीले उडाउने (भिडीयो सहित ) - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

पोइ कमाउने स्वास्नीले उडाउने (भिडीयो सहित )



देशमा रोजगारीका अवसरहरु नभएपछि अहिले नेपाली युवाहरुको गन्तव्य बैदेशीक रोजगार बनेकोे छ । विदेश जाने बेला उनिहरुको एउटै सपना हुन्छ प्रशस्त धन कमाउने ,परिवारलाई खुशी र सुखी राख्ने अनि छोराछोरीको उज्जवल भबिष्य बनाउने । तर अहिले श्रीमान बिदेशिएपछि श्रीमति बजार झरी छोराछोरीलाई होस्टलमा राख्ने र श्रीमानले विदेशबाट पठाएको पैसामा मोजमस्ति गर्ने प्रचलन बढ्दो छ ।
यही यथार्थलाई बिषयबस्तु बनाएर सञ्चारकर्मी कृष्ण बाबु र शिलु भट्टराईको तिजको कोसेली “पोइ कमाउने स्वास्नीले उडाउने ” सार्वजनिक भएको छ । चर्चित गायक पशुपति शर्मा र शिलु भट्टराईको स्वरमा रहेको गीतमा लय,शब्द पनि गायक पशुपतिकै छ । गीतको माध्यमबाट श्रीमानले श्रीमतिलाई पैसो मात्रै हैन रेखदेख पनि गर्नुपर्छ , श्रीमतीले श्रीमानको कमाईको सहि सदुपयोग गर्नुपर्छ भन्ने सन्देश प्रवाहा गर्दै अहिले नेपाली समाजमा मौलाईरहेको सामाजिक विकृतीलाई चित्रण गरिएको छ ।
एस.के. म्युजिक प्रा.लि.ले बजार व्यवस्थापन गरेको गीतको म्युजिक भिडियो दुर्गा पौडलको निर्देशनमा तयार पारिएको छ भने दृश्यहरु पनि निर्देशक पौडेलले नै खिचेका हुन । गीतमा पशुपति, शिलु र कृष्ण बाबुले अभिनय गरेका छन् ।