१५ किलो सुनसहित सात जनालाई पक्राउ - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

१५ किलो सुनसहित सात जनालाई पक्राउ



काठमाडौं, १५ भदौ–

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले १५ किलो सुनसहित सात जनालाई पक्राउ गरेको छ ।

केरुङ नाकाबाट भित्र्याएर भारत लैजान लागेको सूचनाका आधारमा प्रहरीले सामाखुसीस्थित शेर्पाको कोठामा खानतलासी गर्दा दराजमा लुकाइएको १४ किलो सुन बरामत भएको प्रहरीले जनाएको छ ।

सीआइबीले उनकै समूहका अन्य ४ जनालाई पक्राउ गरेको छ । भारत पठाउन लागिएको १ केजी सुन जनकपुरबाट नियन्त्रणमा लिइएको हो ।

प्रहरीले भक्तपुरका दीपेन्द्र थापा, रविन खत्री, राजेन्द्र खत्रीलाई पक्राउ गरेको छ । यस्तै सरोज थापा, काभ्रे पाचखालका विष्णु गौतम धनुषा दीपकुमार शाह रहेका छन् ।