प्रजातन्त्रवादी प्राध्यापक सङ्घका सचिवद्वारा धन्यवाद ज्ञापन - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

प्रजातन्त्रवादी प्राध्यापक सङ्घका सचिवद्वारा धन्यवाद ज्ञापन



हिमाल पोस्ट /काठमाडौं फागुन २२ 

प्रजातन्त्रवादी  प्राध्यापक सङ्घ, नेपालको यहि  २० र २१ गते भएको केन्द्रीय महाधिवेशनमा नव निर्वाचित सचिव डा. विष्णु प्रसाद पोख्रेलले एक विज्ञप्ति जारी गरी सम्पूर्ण प्राध्यापकहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको छ ।

काठमाडौँको कृतिपुरमा सम्पन्न चौथो महाधिवेशनमा प्रकाश सिंह प्रधान समूहबाट आफूलाई सचिवको उमेदबारी प्रस्तुतगरिदिनु  भएकोमा अग्रजहरु प्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दै निर्वाचनबाट अत्यधिक बहुमतले निर्वाचित गर्नु हुने महाधिवेशन प्रतिनिधिहरू, विभिन्न तह र तप्काका सुभेच्छुकहरु प्रति हार्दिक कृतज्ञता ज्ञापन गर्नु भएको छ ।

उहाँले  देशको शैक्षिक सुधारमा बिश्वबिद्यालयमा  कार्यरत प्राध्यापकहरूको अहम भूमिका हुने हुँदा संगठनिक सुधार, प्राज्ञिक उन्नयन गर्ने वातावरण सिर्जना गर्न प्रयत्न रहेने समेत व्यक्त गर्नु भएको छ ।