प्रदेश २ को चुनाव नेपालको हो कि भारतको ? - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

प्रदेश २ को चुनाव नेपालको हो कि भारतको ?



भदौ २३, महोत्तरी–

प्रदेश नम्बर २ मा स्थानीय तहको तेश्रो चरणको निर्वाचन असोज २ हुँदै छ । अघिल्लो दुई चरणको निर्वाचन बहिष्कार गरेको राष्ट्रिय जनता पार्टी नेपाल पनि २ नम्बर प्रदेशको निर्वाचनमा जान तयार भएपछी निर्वाचनको माहोल तातेको छ ।

दुई नम्बर प्रदेशको आठ जिल्लाको १३६ वटा स्थानीय तहमा असोजप २ गते मतदान हुँदैछ ।

चुनावको चहल पहलले माहोल तातेको छ भने  नेताहरुको दौडधुप पनि उत्तिकै छ ।

प्रदेश नम्बर २ को निर्वाचनको तयारि हेर्दा यो नेपालको नभएर अन्यत्रकै चुनाब हो कि भन्ने लाग्छ । दलहरुले प्रचारप्रसारमा प्रयोग गरेका सवारी साधन धेरै जसो भारतिय नम्बरका छन् । एक दुइ होइन अधिकांश दलहरुले भारतीय नम्बर प्लेटको गाडी चुनावी प्रचारप्रसारमा प्रयोग गरिरहेका छन् ।

तस्बीर :रातोपाटी