एमालेले २ नम्बर प्रदेशमा सबै शक्ति परिचालन गर्दै - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

एमालेले २ नम्बर प्रदेशमा सबै शक्ति परिचालन गर्दै



७ भदौ, काठमाडौँ ।

नेकपा एमालेले २ नम्बर प्रदेशको स्थानीय तह निर्वाचनमा पार्टीको सबै शक्ति परिचालन गर्ने भएको छ ।
केन्द्रीय कार्यालयमा बुधवार बिहान स्थायी कमिटी बैठक बसी असोज २ गते हुने तेस्रो चरणको निर्वाचनमा पार्टीको सम्पूर्ण शक्ति परिचालन गर्ने जनाएको छ ।

आगामी मङ्सिर १० गते प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन गर्ने सरकारको निर्णयको स्वागत गर्दै त्यसलाई सफल पार्न पनि सिङ्गो पार्टीलाई परिचालन गरिने छ ।

एमालेले प्रदेश नम्बर २ मा पनि पार्टीलाई पहिलो शक्ति बनाउने कसरत गरिरहेको एक नेताले जनाए ।