यो वर्ष जुम्लाले २० करोडको स्याउ फलायो ! - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

यो वर्ष जुम्लाले २० करोडको स्याउ फलायो !



 

खलङ्गा, भदौ ४ ।

यस आर्थिक वर्ष जुम्लामा २० करोड रुपियाँ बराबरको स्याउ उत्पादन भएको छ । जिल्लाको ८५० हेक्टर जमिनमा लगाइएको खेतीबाट चार हजार ५५० मेट्रिक टन स्याउ उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय जुम्लाका वरिष्ठ कृषि विकास अधिकृत भरतप्रसाद कँडेलले जानकारी दिए ।

गत वर्षको तुलनामा यो वर्ष परिपक्व दाना, स्वादिलो र रङले भरिएको छ, गुणस्तर पनि राम्रो छ, यसले राम्रो बजार पाउने अपेक्षा गरिन्छ – उनले भने ।

किसानले प्रतिकेजी ४५ मा मात्र बिक्री गरे पनि जुम्ला जिल्लालाई २० करोड रुपियाँ आम्दानी हुने प्रारम्भिक अनुमान गरिएको छ । तर जुम्लामा नै प्रतिकेजी ५० रुपियाँभन्दा कममा स्याउ बिक्री नहुने देखिएकाले आम्दानी अझ बढ्ने उहाँको अनुमान छ । गत वर्ष व्यापारीले किसानकै घरमा पुगेर ६५ रुपैयाँमा खरिद गरेका थिए ।