बैकुण्ठ र सितलले ल्याए पानी जहाज (भिडियो सहित) - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

बैकुण्ठ र सितलले ल्याए पानी जहाज (भिडियो सहित)



सरकारले नेपालमा पानी जहाज चलाउँने भनी रहेको बेला गायक बैकुण्ठ महत र गायिका शितल शर्माले भने गित मार्फत नेपालमा पानी जहाज चलाउँने  कथा बस्तुमा “पानीजहाज” नामक नयाँ तीज गित बजारमा ल्याएका छन् ।

सरकारले गर्न खोजेका महत्व पूर्ण कामलाई गित मार्फत सबै दर्सक श्रोता माझ ल्याएको महतले बताए । हाम्रो देसलाई परनिर्भरता कम गर्न बर्तमान सरकारले गरिरहेका योजनाहरु गरे पुरा हुन सक्ने प्रति गितले सन्देस प्रवाह गर्ने गायक महतले बताए । अहिलेको परिवेसमा सर्वसाधारण जनताले सरकार प्रति गरेको आशालाई गितमा समेटीएको उक्तगितकी गायिका शितल शर्मा बताउछिन ।

गायक महतको लय शब्द रहेको गित गायक महतकै स्वर र गायिका शितल शर्माको स्वरमा रहेको पानी जहाज गित शर्माकै एल्वम रहेको वरदान डिजिटल प्रालिले बजारमा ल्याएको  हो ।