२९ भोटका लागि करोड माथि खर्च - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

२९ भोटका लागि करोड माथि खर्च



ताप्लेजुङ – अति दुर्गम स्थानका सबैभन्दा कम मतदाता रहेका केन्द्रमा मतपेटिका ढुवानी तथा कर्मचारी व्यवस्थापन गर्न सरकारको करोडौं रुपैयाँ खर्च हुने देखिएको छ ।

फक्ताङलुङ गाउँपालिका ६ स्थित ग्याब्ला आधारभुत विद्यालयमा रहेको केन्द्रमा मतदान गर्ने मतदाताको संख्या मात्र ४९ रहेको छ भने यसपटकको निर्वाचनमा २ ९ भन्दा कम मत झर्ने सम्भावना रहेको छ ।

यसअघिको स्थानीय तह निर्वाचनमा २९ मत मात्र खसेको थियो । यस पटक पनि केही मतदाता जिल्ला बाहिर रहेको र केही गोठमा नै बस्ने भएकाले अझै कम मत झर्ने अनुमान स्थानीयको छ ।

सो केन्द्रमा ९ जना कर्मचारी नै खटाउँदा करिब २ लाख ३७ हजार खर्च भइसकेको छ ।

अझै मतपेटिका हेलिकोप्टरबाट सदरमुकाम ल्याउनुपर्ने भएकाले हेलिकोप्टर खर्च र सुरक्षा खर्च जोड्दा करोड पुग्न सक्ने देखिन्छ ।

आजको नेपाल समाचारपत्रमा रविन भट्टराइले लेखेका छन् ।