फेसबुकबाट ३४ जनालाई ठगेकी युवती - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

फेसबुकबाट ३४ जनालाई ठगेकी युवती



काठमाडौं, भदौ १६ ।

विदेशी गिरोहसँग मिली दर्जनौं नेपालीलाई फेसबुकमार्फत ठगी गर्ने युवती पक्राउ परेकी छन् ।

सोलुखुम्बु घर भई बौद्ध बस्ने ३३ वर्षीया आङलेमी शेर्पालाई प्रहरीले पक्राउ गरेको हो । शेर्पालगायत व्यक्तिले विदेशबाट महँगो पार्सल पठाएको भन्दै फोन गर्न लगाउने र त्यसका लागि भन्सार शुल्क चाहिने भन्दै भारतबाट फोन गर्न लगाई पैसा मगाएर ठगी गर्दै आएको सिआइबीकी एसपी मीरा चौधरीले बताइन् ।

हालसम्म त्यस्तो गिरोहले ३४ जनाबाट ४३ लाख रुपैयाँ ठगी गरिसकेको प्रहरीले जनाएको छ । शेर्पा एक सहकारीमा काम गर्थिन् । नयाँ पत्रिका दैनिकबाट