एक्रेटिभ मिडियाका लागि भारतमा हातेमालोद्वारा क्विज्मेनिया समन्वयन, साथमा संस्कृतिक कार्यक्रम सम्पन्न - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

एक्रेटिभ मिडियाका लागि भारतमा हातेमालोद्वारा क्विज्मेनिया समन्वयन, साथमा संस्कृतिक कार्यक्रम सम्पन्न



भारतमा रही सीए अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरूको  संस्था हातेमालो नेपाली विद्यार्थी समूहूले शारदा विश्वविद्यालयको परिशरमा एक्रेटिभ मिडियाका लागि साउथ एसियन क्विज्मेनिया सिजन-५ को भारतीय संस्करण सफलतापुर्वक सफलतापुर्वक समन्वय गरेको छ ।

उक्त प्रतियोगिताको अडिसन हातेमालो नेपाली विद्यार्थी समूहूका अध्यक्ष सरोज सापकोटाले लिएका थिए । फलस्वरूपस् काठमाडौँमा हुने मुख्य प्रतियोगिताका लागि मोडर्न स्कुल छनोट भएको छ । अडिसन समाप्त भए पश्चात  हातेमालो नेपाली विद्यार्थी समूहू ले राजेश हमाललाई स्वागत गर्ने हेतुका साथ संस्कृतिक कार्यक्रम आयोजना गरेको थियो ।

उक्त समारोहमा सभापतित्व  हातेमालो नेपाली विद्यार्थी समूहूका अध्यक्ष सरोज सापकोटाको रहेको थियो भने प्रमुख अथित्यता महानायक राजेश हमालको रहेको थियो । विशेष अथितिको रूपमा एक्रेटिभ मिडियाका सीईओ हरि पोखरेल, अल्फा बिटा कम्पनीका प्रमुख द्विराज शर्मा र शारदा विश्वविद्यालय, नेपाल शाखाबाट अनुज दुबेको गरिमामय उपस्थिति रहेको थियो । अथितिको रूपमा संस्थाका सल्लाहकार र अभिभावकहरूको उपस्थिति रहेको थियो । समारोहमा प्रस्तुत गरिएका मनमोहक प्रस्तुतिहरूले सबैको मन जित्न सफल भएको थियो ।

भिडलाई सम्बोधन गर्दै हमालले आफु भित्रको नेपालीपनलाई कहिल्यै नमार्न सुझाव दिएका थिए भने मनमोहक प्रस्तुतिहरूको मुक्तकण्ठले प्रशंसा गरेका थिए । अल्फा बिटा कम्पनीका सीईओ द्विराज शर्माले नेपाली अर्थतन्त्रको तितो वास्त्विकको बारेमा अवगत गराउदै त्यसलाई सकारात्मक बाटोमा डोर्याउन सीए विद्यार्थीले ठुलो भूमिका खेल्नसक्ने कुरो सबैमाझ राख्नुभयो । हातेमालो नेपाली विद्यार्थी समूहले विद्यार्थीको हक हित र संरक्षण गर्ने उद्देश्यले विभिन्न कार्यहरू गर्दै आएको र हातेमालो एक गैर-राजनीतिक र नाफारहित संस्था भएको र विभिन्न कार्यक्रमहरू गर्दा आर्थीक भार पर्ने कुरा मध्यनजर गर्दै उहाले संस्थाका लागि आर्थिक सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो।

उक्त समारोहमा क्विज मेनियाका विजेता र सहभागीहरूलाई प्रमाणपत्र र पुरस्कार समेत प्रदान गरिएको थियो । राजेश हमाललाई मायाको चिनो प्रदान गरेर ूहातेमालोू ले सम्मान जाहेर गरेको थियो । हमाललाई सम्मान गर्न पाउनु संस्थाको अहोभाग्य रहेको कुरा व्यक्त गर्दै संस्थाका सभापति सरोज सापकोटाले क्विज मेनियाको भारत संस्करण समन्वय गर्नका लागि अक्रेटिभ मिडियाले दिएको अवसर प्रति कृतज्ञता जाहेर गर्नु भयो । सहयोगका लागि द्विराज शर्मालाई धेरै धन्यवाद दिदै यो सहयोगले संस्थाको आत्मबल अझै बढ्ने र आगामी दिनमा पनि काम गर्नका लागि उत्प्रेरित गर्ने कुरा जाहेर गर्नु भयो । साथै उहाँले समारोहलाई भव्य बनाउन सहयोग गर्ने समस्तजन प्रती आभार प्रकट गर्नु भयो ।

त्यस्तै उक्त कार्यक्रममा बोल्दै एक्रेटिभ मिडियाका सीईओ हरि पोख्रेलले क्विज मेनियाको भारत संस्करण आयोजना गर्न समन्वय गरे वापत ूहातेमालोू प्रति अन्तरहृदयदेखि नै धन्यवाद ज्ञापन गर्नु भयो । आफूहरूले अधिकारिक रुपमा नै क्विज्मेनियाको भारतीय संस्करण आयोजना र समन्वय गर्न हातेमालोूलाई अधिकार दिएको तर बजारमा संस्थाको बदनाम गर्ने हैशियतले केहि संस्थाहरूले अफवाह फैलाएकोमा खेद प्रकट गर्नुभयो । साथै आफूभित्र क्विज्मेनियालाई अझ वृहत बनाउने महत्वकांक्षा रहेको कुरा व्यक्त गर्नुभयो ।
प्रशंसनिय कार्य गरे वापत एक्रेटिभ मिडियाद्वारा ूहातेमालो नेपाली विद्यार्थी समूहू लाई मायाको चिनो प्रदान गरिएको थियो । मायाको चिनो संस्थाको तर्फबाट संस्थाका उपाध्यक्ष जगदिश्वर थापाले ग्रहण गर्नु भएको थियो। साथै उहाँले हाम्रा संवाददातासंग कुरा गर्दै कुनै पनि कुराको विस्तृत जानकारी नलिई संस्थाको मुल्यमान्यतालाई आंच पुर्याउने हेतुका साथ केहि संस्थाहरुले बजारमा अफवाह फैलाउने काम गरेकोमा दुख व्यक्त गर्नु भयो ।
उक्त कार्यक्रमको संचालन सुशील चन्द्र लम्सालले गर्नु भएको थियो ।