मोर्डन ईराको १० औ वार्षिक उत्सव सम्पन्न - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

मोर्डन ईराको १० औ वार्षिक उत्सव सम्पन्न



अर्जुन खनाल /नया दिल्ली

दिल्ली-पोखरा बस संचालन गर्दै आएको मोर्डन ईरा टुर एण्ड ट्रावल्सले आफ्नो १० औ बार्षिक उत्सब भव्यताका साथ भारतको राजधानी दिल्लीमा शनिवार  मनाएको छ ।20161001_212421

दिल्लीमा रहेको नेपाली राजदुतावासका काउन्सेलर यादवराज खनालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रम दुतावासकै शिक्षा तथा सास्कृति विभागका प्रमुख कृष्ण प्रसाद पन्त ,मोर्डन ईराकै दिल्ली संयोजक दिलिप पौडेल ,दिल्लीमा रहेका संघ सस्थाका केहि प्रतिनिधि ,पत्रकार महासंघ भारत साखाका अधक्ष्य लोकेश शाहा आर्यन ,रास्ट्रीय समाचार समितिका बासु देब पौडेल ,पोखरा न्युजका गणेश बराल र गोकुल बानियाको ,पृथिवी राजमार्ग बस संचालनका पदाधिकारी आदिको उपस्तिथी रहेको थियो ।

उक्त कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै सहयोगको अपेक्षा राखेको कुरा स्वागत मन्तब्य ट्रावल्सकै प्रतिनिधी रामचन्द्र ढुंगानाले राख्नु भएको थियो ।

प्रमुख अतिथि खनालले बधाई तथा सुभकामना दिदै मोर्डन ईराले आपत बिपतमा परेकालाई सहयोग गर्दै आएको र कैयौ पटक  दुतावासबाट पनि बिपतमा परेकालाई उक्त ट्रावल्स कै मार्फत निसुल्क रुपमा पठाएको बताउनु भयो ।

पृथिवी राजमार्ग बस  संचालन समितिका अध्यक्ष्य एन के  शाहीले अबका दिनमा भारतका विभिन्न ठाउहरुबाट पनि गाडीहरु संचालनमा ल्याउने जनाकारी गराउनु भयो ।उहाले “अहिले पनि हामीले एक जना पत्रकारलाई आधिकारिक पत्र भए निसुल्क आवत जावतको व्यवस्था गरेको बताउनु भयो ।20161001_200743

दिल्लीको करोल बागको होटल क्यारोंनमा  एन के  शाहीको अध्यक्ष्यतामा सम्पन्न सो कार्यक्रमको संचालन कृष्ण गैरेले गर्नु भएको थियो ।

पछिल्लो समय मोर्डन ईराले दिल्ली -बाग्लुंग, दिल्लीको बरफखानाबाट र नेपाल -भारत मैत्री बस सेवा उत्तर प्रदेशको कौसाम्बीबाट पनि संचालन गरेको छ ।