एमाले जहिले पनि हचुवाको राजनितीमा तल्लिन हुन्छ - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

एमाले जहिले पनि हचुवाको राजनितीमा तल्लिन हुन्छ



 योगेन्द्र गौतम 
लोकतान्त्रिक पद्धतिमा आफुलाइ समर्पित गरेका राजनीतिक दलहरु बिच अहिले विशेषता र नैतिकताको अंगमा रहेको लोकमान प्रकरण भने अन्योलग्रस्त र प्रश्न बाचक बन्दै गएको छ । सांसदमा कांग्रेस सबैभन्दा ठूलो पार्टी हो । कांग्रेस बिना एमाले र मओबादी केन्द्रले चाहेर पनि लोकमान माथिको माहा अभियोग सांसदमा पास हुदैन होला । एमाले दम्ब र अहंकारमा तल्लिन देखिन्छ । एमालेमा नैतिक जिम्मेवारी देखिदैन ।माओवादी केन्द्र पनि एमालेको बिछ्यौनामा सुत्न बाध्य छ । बिछ्यौनामा सुतिरहेको माओबादी केन्द्र त्यो बिछ्यौनाबाट उठ्न कठिन छ , उठाउने साहारा को लागि तडपिरहेको छ माओवादी केन्द्र ।
एमालेले माओवादि केन्द्रलाइ बिछ्यौनामा सुताएको मात्र छैन अंगीकृत गरि राजनीतिक नपुंसक बनाउन खोजदैछ । एमालेलाई जब संकट पर्छ तब उसलाई कांग्रेसको याद आउँछ । माहा अभियोग ल्याउनु अगावै राजनीतिक छलफल गर्नु प्रथियो तर उसले गरेन । बर्तमानमा महत्वपूर्ण निर्णय गर्नु पर्दा राजनीतिक दलको बिचमा विश्लेषण गर्दै उचित निर्णय लिएर सांसदमा जादा उपयुक्त हुनिथियो तर एमालेको अहंकारले सबुद्धी आएन । अहिले मओबादी केन्द्रमा समेत मत बिभाजन छ कांग्रेसमा नहुने कुरै भएन । नेपाली कांग्रेस एउटा शक्तिशाली पार्टी हो । राष्ट्रको कुनैपनी संकटको समस्या निराकरण गर्न निर्णयात्मक भुमिका खेल्ने गर्दछ । बर्तमानमा फेरि एकपटक कांग्रेस त्यो निर्णयात्मक भुमिकाको अग्रपंक्तिमा छ । लोकमान ठिक या बेठिकको कुरा होइन कुरा हो राजनीतिक इमानदारीसाथ अगि बढने । हिज एमाले सरकारमा थियो सहयात्री माओबादी पनि , कांग्रेस भने विपक्षमा थियो ।
सरकारमा रहेको समयमा एमाले र माओबादी केन्द्रले किन लोकमान माथी माहा अभियोग सांसदमा दर्ता गराउन चाहेनन यो प्रश्न उनिहरुमाथी जनताले सोध्ने बेला आएको छ । एमाले र माओबादीका केही नेताहरु भरष्ट्चारमा तल्लिन रहेको र अख्तियार प्रमुख लोकमान कार्किले छानबिन गरि मुद्धा चलाउन सक्ने संकेत पाएकै कारण अख्तियार प्रमुख माथी माहा अभियोग लगाउन सांसद गुहारेको आम नेपाली जनताको बुजाइ छ । लोकमान प्रकरणमा कांग्रेस नमुछिएकै राम्रो । तरपनी पार्टी भित्र घम्भिर छलफल हुन पर्छ । आकस्मिक यस्तो परिस्थिति किन आयो र आउनुको मुख्य कारण के हो । एमालेको यो नितिले स्वयं एमाले भित्र नैतिक संकट बढिरहेको बेला र यस्तो परिस्थितिमा कांग्रेस एमालेको नैतिकता बचाउन पोइला जान उचित नहोला । कांग्रेस आफ्नो विवेकले चल्नु  पर्छ ।