भारतलाई पाकिस्तानको जवाफः भारतीय उच्चायोगका कर्मचारीलाई देश निकाला - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

भारतलाई पाकिस्तानको जवाफः भारतीय उच्चायोगका कर्मचारीलाई देश निकाला



१२ कात्तिक, काठमाडौं । उरी आक्रमणपछि चुलिएको भारत पाकिस्तान विवाद एकअर्का देशका कर्मचारीलाई देश निकालासम्म पुगेको छ ।

भारतले आफ्ना कर्मचारीलाई पर्सना नन ग्राटा घोषणा गर्दै ४८ घन्टाभित्र देश छाड्न भनेपछि पाकिस्तानले ईटको जवाफ पत्थर भन्ने शैलीमा कदम चालेको छ । पाकिस्तानले इस्लामाबादस्थित भारतीय उच्चायोगका एक सदस्यलाई भारत र्फकन आदेश दिएको छ ।

भारतले पाकिस्तानी उच्चायोगका कर्मचारी महमूद अख्तरलाई रक्षा मामिलाको कथित तस्ताबेजका साथ पक्राउ परेको बताएको थियो र, कुटनीतिक प्रतिरक्षा अन्तरगत रिहा गर्दै ४८ घन्टाभित्र देश छाड्न भनेको थियो ।

त्यसको केही घन्टापछि पाकिस्तानले भारतीय उच्चायोगका सदस्य सरजीत सिंहलाई पर्सना नन ग्राटा घोषणा गरेको छ । र, सुरजीतलाई परिवारसहित २९ अक्टोबरसम्म पाकिस्तान छाड्न भनिएको छ ।

उनले भियना कन्भेन्सन र कूटनीतिक मापदण्ड उल्लंघन गरेको पाकिस्तानी विदेश सचिव निसार अहमद चौधरीले बताएका छन् ।

onlinekhabar