भाइटिकाका दिन पूर्वराजा र पूर्व प्रधानमन्त्रीको किन भयो भनाभन ? - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

भाइटिकाका दिन पूर्वराजा र पूर्व प्रधानमन्त्रीको किन भयो भनाभन ?



काठमाण्डौ,१७ कात्तिक । भाइटिकाका दिन पूर्वराजाले बहिनीको हातबाट टिका लगाए, सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरे र प्रतिक्रिया दिए–जहाँ हिन्दु हुन्छन् ।

त्यहाँ शान्ति र सद्भाव हुन्छ ।निशेषको राजनीति किन गरिदैछ, निषेधले राष्ट्रमा असन्तुलन निम्त्याउँछ ।

असन्तुलनले उपेक्षा जन्माउँछ र उपेक्षितहरुमा विद्रोह जन्मिन सक्छ ।यस्तो विषम, जटिल र क्लिष्ठ परिस्थिति किन र कसरी सिर्जना भयो, यसका कारक तत्व के के हुन ?

भनेर गम्भीर हुन राजनीतिक नेतृत्व तहलाई सचेत गराउँदै थिए, उता बालकोटमा एमाले अध्यक्ष केपी ओलीले जोगीले राजतन्त्र फकाउँछन् भन्ने भ्रममा नपर भनेर पूर्वराजालाई धम्क्याउने प्रयत्न गरेको देखियो ।

केपी ओलीले धर्मसंस्कृतिलाई राजनीतिक उद्देश्यका निम्ति प्रयोग नगर्न पनि सुझाव दिएका छन् ।

ओलीले वनकालीमा देख्यौं, ज्ञानेन्द्र शाहलाई महाराजधिराज भन्दै प्रमुख अतिथिको रुपमा बोलाईयो, विचरा जोगीहरु कुन जमानामा रहेछन्, आठ वर्ष अगाडि राजतन्त्र फालियो, यतिवेला राजा छँदैछन् भन्ठानेर महाराजाधिराज भन्छन् । जोगीले राजतन्त्र फर्काउँदैनन् । त्यो भ्रममा नपर्दा राम्रो ।

सरकारले पनि प्रतिक्रिया नदिदा आश्चर्य लागेको ओलीको कथनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि घोचपेच गर्न छाडेन ।

newsabhiyan