४ नं प्रदेश टुक्र्याउन मिल्दैन– ओली - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

४ नं प्रदेश टुक्र्याउन मिल्दैन– ओली



हिमाल पोष्ट/ तनहुँ, १० मङ्सिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ४ नं प्रदेशलाई कुनै पनि हालतमा टुक्र्याउन नहुने बताउनुभएको छ ।

तनहुँ उद्योग वाणिज्य सङ्घ भिमाद बजार एकाइ समितिद्वारा भिमादमा आयोजित प्रथम भिमाद महोत्सव २०७३ को आज उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री ओलीले बरु अन्य प्रदेशको कुनै भाग गाभ्न भने सकिन्छ भन्नुभयो । खैरेनीटारदेखि नवलपरासीको कावासोती जोड्ने दुई दुई लेनको सडक तथा भिमाद पोखरा हुँदै जोमसोमसम्म हुलाकी मार्ग निर्माण र केरुङ काठमाडौँ मार्ग खोल्नमा उहाँले जोड दिनुभयो । “तराईमा पूर्वपश्चिम विद्युतीय रेल चलाउन सकिन्छ”उहाँले भन्नुभयो “विकासको गतिविधि बढेसँगै रोजगारीको सिर्जना गर्न सकिने छ । ”

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले हिमाल, पहाड र तराईलाई नछुट्याई जोडेर प्रदेश बनाउनुपर्ने बताउनुभयो । नेता गुरुङले राजनीतिक दलका नेतामा पछिल्लो समय विलासिता बढेकाले त्यसलाई न्यूनीकरण गर्न लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
स्थानीयस्तरमा उत्पादित वस्तु र धार्मिक एवम् पर्यटकीय क्षेत्रलाई राष्ट्रिय अन्तर्राष्ट्रियसम्म पहिचान गराउने उद्देश्यले महोत्सव आयोजना गरिएको महोत्सवका प्रवक्ता गोपाल पराजुलीले बताउनुभयो । यही मङ्सिर १९ गतेसम्म सञ्चालन हुने उक्त महोत्सवमा १६३ कक्ष छन् । रासस