एमालेका पूर्व वडा अध्यक्ष सहित ५ सय बढी कांग्रेसमा प्रवेश - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

एमालेका पूर्व वडा अध्यक्ष सहित ५ सय बढी कांग्रेसमा प्रवेश



कलैया ।

निर्वाचन नजिकिएसंगै दलहरुले चुनाव प्रचार प्रसारलाई तिब्रता दिएका छन् । चुनावी अभियानकै क्रममा वाम गठबन्धन बनेर पार्टी परित्याग गर्ने तथा नेपाली कांग्रेसमा प्रवेश गर्नेको संख्या ह्वात्तै बढेको छ ।

यसै क्रममा नेकपा एमालेका पूर्व वडा अध्यक्ष दुर्गा देवी पौडैल एमाले परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेकी छिन । भने उनि संगै एमाले र अन्य पार्टीबाट सयौंको संख्यामा कांग्रेसमा प्रवेश गरेका छन् ।

कलैया उपमहानगरपालिकाको २ मा आयाजित घरदैलौ कार्यक्रम तथा पार्टी प्रवेश कार्यक्रम कांग्रेसमा प्रवेश गर्दै पौडेलले एमालेले अतिवादमा लागि मुलुकमा द्वन्द्व फैलाउने काम गरेको प्रवेश गरेको बताइन् । उनले मुलुकको विकासको लागि नेपाली कांग्रेसको एजेण्डा मात्र सहि देखिएकोले आफुले प्रवेश गरेको बताइन् । दोस्रो संविधान सभाको निर्वाचन क्षेत्र नं. ३ नेपाली जनता दलका प्रत्याशी उम्मेदवार मुलचन पासवान नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

त्यसैगरी नेकपा एमाले, राजपा, संघिय समाजवादी फोरम, परित्याग गरी जयप्रकाश यादव, सियाराम पटेल, रामबिनय प्रसाद यादव, सुरेश यादव, राजेश कुमार यादव, बृजकिशोर यादव, गोरख राम, शिवजी यादव, चतुरी राउत कुर्मी सहित पांच सय भन्दा बढी नेपाली कांग्रेसमा प्रवेश गरेका छन । नव प्रवेशीहरुलाई श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मंसुर, क्षेत्र नं. ३ को १ का प्रदेश सभाका उम्मेदवार रामानन्द यादव, क्षेत्र नं. ६ का क्षेत्रिय सभापति मुकेश कुशवाहाले अबिर, माला लगाई स्वागत गरेका थिए ।

कार्यक्रममा श्रम तथा रोजगार मन्त्री तथा बारा क्षेत्र नं. ३ को प्रतिनिधि सभाका उम्मेदवार फरमुल्लाह मंसुरले नेपाली कांग्रेसको नेतृत्वमा मुलुकले निकाश पाएको बताएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै श्रम मन्त्री मंसुरले कांग्रेस नेतृत्वको सरकारले मुलुकमा नया संविधान ल्याएको बताए । उनले नेकपा एमाले र माओवादी केन्द्र नेतृत्वको सरकारले जनता सामु नया संविधान नल्याई सता मोहमा केन्द्रित भयो, मन्त्री मंसुरले भने कांग्रेस नेतृत्वको सरकारले जनतामाझ प्रतिबद्धता गरेको नयाँ संविधान मुलुकमा ल्याएको छ ।