५.८ रेक्टरको उत्तरी भागमा झट्का ,दिल्ली आसपासमा पनि महसुस - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

५.८ रेक्टरको उत्तरी भागमा झट्का ,दिल्ली आसपासमा पनि महसुस



हिमाल पोस्ट/नयाँ दिल्ली 

भारतीय समय अनुसार करिब १० बजेर ४० मिनेट जादाँ भारतको उत्तरी भेगमा ५.८ रेक्टरको  भूकम्प गएको हो  ।दिल्ली र दिल्ली आसपासमा पनि भूकम्पको महसुस भएको हो  ।भूकम्प करिब ३० सेकेण्ड आएको थियो ।

भुकम्प उत्तराखण्डको रुद्रप्रयाग जिल्लालाई केन्द्रबिन्दु बनाएर गएको राष्ट्रिय भूकम्प ब्युरो प्रमुख जे एल गौतमले जनाकारी दिए ।

उत्तराखण्ड भारतको उत्तरी भेगमा पर्छ जहाँ भूकम्पीय गतिविधि बढीमात्रामा  हुने गर्छ ।

केहीबेर भूकम्पले त्रसित बनाए पनि ऐले भने जनजिबन सामान्य भएको छ ।यद्यपी भूकम्पले  कुनै मानवीय एवंम भौतिक क्षती भने भएको छैन ।