एसिया कप खेल्न नेपाली महिला क्रिकेट टोली थाइल्याण्ड प्रस्थान - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

एसिया कप खेल्न नेपाली महिला क्रिकेट टोली थाइल्याण्ड प्रस्थान



हिमाल पोष्ट / ८ मंसिर काठमाडौं । महिला एसिया कप क्रिकेट प्रतियोगिता खेल्न नेपाली महिला क्रिकेट टोली थाइल्याण्ड प्रस्थान गरेको छ । रुविना क्षेत्रीको कप्तानीमा रहेको नेपाली टोली आज बैंकक प्रस्थान गरेको हो ।

नेपाली महिला टोलीलाई प्रशिक्षण दिएका नेपाली टोलीको प्रशिक्षकमा राजु बस्न्यात पनि बैंकक गएका छन् । नेपालको टोली घोषणा गर्दा उनको नाम छुटेको थियो ।

नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले बिदाई गरे । उनले टोलीलाई जितको शुभकामनासहित राष्ट्रिय झण्डा प्रदान गरे ।

आगामी शनिबारदेखि थाइल्याण्डमा हुने प्रतियोगितामा नेपालले टेष्ट मान्यताप्राप्त एशियाली टोलीहरुसाग प्रतिस्पर्धा गर्नेछ । नेपालले शनिबार पाकिस्तानसँगको खेलसँगै प्रतियोगिताको सुरुवात गर्नेछ ।

नेपालले आगामी सोमबार श्रीलंका, मंगलबार बंगलादेश, बिहीबार थाइल्याण्ड र शुक्रबार साविक बिजेता भारतसँग प्रतिस्पर्धा गर्नेछ ।