५ नंबर प्रदेशका पहाडी जिल्लाहरुलाई मधेशबाट टुक्रयाउन हुन्न : रक्षामन्त्री - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

५ नंबर प्रदेशका पहाडी जिल्लाहरुलाई मधेशबाट टुक्रयाउन हुन्न : रक्षामन्त्री



हिमाल पोष्ट/  कपिलवस्तु, २२ मंसिर –
रक्षामन्त्री बालकृष्ण खांणले राज्यको पुर्नसंरचना अन्र्तगत ५ नंबर प्रदेशका पहाडी जिल्लाहरुलाई मधेशबाट टुक्रयाउन नहुने बताए  ।आफ्नो पनि मत यहि रहेको र त्यसका लागि पार्टी र सरकारमा अन्तिम अवस्था सम्म पनि लविंग गर्दै आएको नेता खांणले बताएका छन् ।

कपिलवस्तु उद्योग वाणिज्य संघले जिल्लाको वाणगंगामा आयोजना गरेको आठौं कपिलवस्तु महोत्सवको उद्घाटन गर्दै रक्षामंत्री खांणले पहाडी क्षेत्रमा रहेका साधन स्रोतमा मधेशको पनि पहुंच स्थापित गर्न ५ नं. प्रदेशमा पहाडी जिल्लाहरु मिलाउनु पर्ने बताए ।

नेपाली कांग्रेसका प्रभावशाली नेता खांणले ५ नं. प्रदेशमा पहाडी जिल्ला नमिलाए त्यसको विरोधमा आफुले ५ नं. प्रदेशवासीको तर्फबाट पार्टी एवं सरकारबाट पद त्याग गर्न सक्ने तर पार्टी छोड्न भने नसक्ने बताएका छन् ।

सो अवसरमा सांसद अतहर कमाल र सोनिया यादवले कुनै पनि बाहानामा एक आपस साम्प्रदायिकता विग्रने गरी कुनै आन्दोलन र विरोध नगर्न नेकपा एमाले लगायत प्रतिपक्षी दलका नेता कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।
पौष ३ गते सम्म संचालन हुने कपिलवस्तु महोत्सवमा २ सय बढी स्टल रहने र २ लाख दर्शकले अवलोकन गरी ४ करोड बढीको कारोवार हुने लक्ष्य लिईएको आयोजकले बताएका छन् ।