६ महिनापछि लाइसेन्स: यातायात कार्यालयको मजाक - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

६ महिनापछि लाइसेन्स: यातायात कार्यालयको मजाक



काठमाडौं, १० भदौ 

अब लाइसेन्स लिन कहिले आउँदा हुन्छ ? यातायात व्यवस्था कार्यालय एकान्तकुनामा बाराका बुद्ध तामाङले प्रश्न गरे ।

उनको प्रश्नमा यातायात कार्यालयका कर्मचारीले भने, अब ६ महिनापछि आउने ।

तामाङले पुन दोहोर्याए, किन यत्रो समय लाग्ने, छिट्टै हुँदैन ?

कर्मचारीले पुन ६ महिनाभन्दा अघि नआउन जवाफ दिए ।

तामाङले मोटरसाइकलको लाइसेन्स निकाल्नका लागि एक साताअघि ट्रायल पास गरेका थिए । छिट्टै लाइसेन्स आउने आशामा बुधबार यातायात कार्यालयमा पुगेका तामाङ निरास भएर बाहिरिए ।

कार्यालयले कति अवधिभित्र लाइसेनस पाइन्छ भनेर मिति नतोकिदिँदा दैनिक रुपमा लाइसेन्स आयो कि भन्दै कार्यालयमा धाउनेको घुइँचो छ ।

अनलाइबाट फर्म भर्ने व्यवस्था गरे पनि कति लाइसेन्स वितरण भयो भन्ने विवरण नराख्दा ट्रायल पास भएर स्मार्ट लाइसेन्स लिन कार्यालय नै धाउनुपर्ने बाध्यता छ ।