७ बलमा ७ छक्का: तोडीएन युवराज सिंहको रेकर्ड - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

७ बलमा ७ छक्का: तोडीएन युवराज सिंहको रेकर्ड



एजेन्सी- बंगलादेशको शेर-ए बांग्ला नेशनल स्टेडियममा खेलाइएको टी-२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा लगातार सात बलमा सात छक्का प्रहार भएको छ ।

अफगानिस्तानका मोहम्मद नबी र नजीबुल्लाह जादरान मिलेर लगातार ७ बलमा ७ छक्का प्रहार गरेका हुन् । सात छक्काको मदतले अफगानिस्ताले जिम्बाब्बेलाई २८ रनले पराजित गर्‍यो ।

उनीहरूले पारीको १७ औं र १८ औं ओभरमा सात छक्का प्रहार गरेका हुन् । तंदई चताराको १७ औं ओभरको तेस्रो, चौथो, पाँचौं र छैटौं बलमा मोहम्मद नबीले छक्का हिर्काए । त्यस्तै १८ औं ओभरमा नेविल मदजिवाको पहिलो, दोस्रो र तेस्रो बलमा नजीबुल्लहा जादरानले छक्का प्रहार गरे । यससँगै एउटै म्याचमा लगातार सात छक्का प्रहार भयो ।

यसले कुनै कीर्तिमान नबनाएपनि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । लगातार सात छक्का अफगानिस्तानको दुई जना मिलेर प्रहार गरेका कारण कुनै पनि ठूलो कीर्तमान भने बनेन । यसले युवराज सिंहको एकै ओभरको ६ छक्काको याद भने दिलाएको छ ।

यस म्याचमा अफगानिस्तानले टस हारेर पहिले ब्याटिङ गर्दै ५ विकेटको क्षतिमा १९७ रन बनाएको थियो । अफगानिस्तानले विशाल स्कोर बनायो र जिम्बाब्बेलाई ७ विकेटको क्षतिमा १६९ रनमै रोक्यो ।