९ वर्ष देखि साउदीको जेलमा रोल्पाका पन्च बहादुर - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

९ वर्ष देखि साउदीको जेलमा रोल्पाका पन्च बहादुर



लक्षमण रसाइली / कतार14031160_284764868563455_240077597_n

बैदेशिक रोजगारी को क्रममा साउदि अरब पुगेका थबागं४,रोल्पाका पन्च बहादुर रोका मगर बिगत ९बर्ष देखि साउदि अरब मा जेल परेका छन ।रोका काठमाण्डौमा रहेको सन मेनपावर मार्फत साउदी अरब पुगेका थिए।

रोका कप्पनी को काम नभएर उनी एक जना साउदी नागरीक को मझरा(भेडा राख्ने ठाउ)मा काम गरी रहेका थिए।उनी जेल पर्नु भन्दा पहिले ९बर्ष एउटै मालिक संग काम गरी रहेका थिए। भने ऱोका मगर कै मालिक को ग्यारेज मा काम गर्ने ३ जना भारतिय नागरीक पनी थिए,र उनीहरु एउटै मालिक संग भएकै कारण उनी एउटा मझरा मा (भेडा हेर्ने)भएपनी उनीहरु लाइ संगै काम दिईएको थियो र उनलाई संग संगै काम गर्ने क्रम मा काम कै बिबादमा झगडा कै क्रममा एकजना भारतिय नागरीक मृत्यु भएसंगै उनलाइ जेल हालिएको हो।”र जेल परे संगै मृतक परिवार संग अदालतमा फैसला भएको छैन र ९बर्ष पुग्दा समेत मृतक को परिवार नआएको कारण उनलाई भारतिय दुताबासबाट केश उल्टाइएको थियो।ऊनलाई न त अहिले सम्म सजाय नै सुनाइएको छ न त उद्दार नै ।

रोका मगर भक्कानिदै भन्छन,म जेल परे दुताबासमा फोन गर्छु भन्छु नम्बर नै छैन ,यता अदालत ले भन्छ तिम्रो केश बढाउनको लागी तिम्रो दुताबासमा फोन गरेर बोलाउ,मृतकको परिवारलाई बोलाउ तब मात्र फैसला हुनेछ,म के गरु जेलबाट न कतै सम्पर्क छ न कतै,मेनपावरमा फोन गर्न हुन्थ्यो तर अहिले छैन भन्छन । “. मगर को घरमा उनको स्वास्नी र एक छोरा र छोरी रहेका छन। “घरमा पनी रोका की स्वास्नी रुदै भन्छिन मैले कता सम्पर्क गरु कसलाई भनु”त्यसैले बिदेशमा आबद्द गैर सरकारी संघ संस्था ,राजदुताबास साउदी तथा सम्पुर्न निकाय हरुमा छिटो भन्दा छिटो पहल गरी उद्दार गरीदिन समेत अपिल गरेकी छिन।