आधा रातमा जङ्गलको बाटो भगाए भूमिका गिरीलाई प्रकाश कटुवालले (भिडियो सहित) - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

आधा रातमा जङ्गलको बाटो भगाए भूमिका गिरीलाई प्रकाश कटुवालले (भिडियो सहित)



समिर प्रकाश पाण्डे/माघ २४ 

लोक सङ्गीतको क्षेत्रमा पछिल्लो समयमा निकै रोचक र उत्कृष्ट गीत सङ्गीत आउन थालेका छन् यसै क्रममा चर्चाको शिखरमा रहेका गायक प्रकाश कटुवाल र चर्चित गायिका भूमिका गिरीको स्वरमा रहेको लोक दोहरी गीत सार्वजनिक भएको छ । “सातो पुत्लो गयो” बोलको गीतको भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा शब्द सङ्कलन विनोद ढकालको रहेको छ भने सङ्गीत गायक कटुवालकै रहेको छ । दुर्गा पौडेलको छयाङकन रहेको गीतको सम्पादन नवीन घर्ति मगरले गरेका छन् । म्युजिक भिडियोलाई दीपक एम सिंहले निर्देशन गरेका छन् भने चर्चित हास्य कलाकार महादेब त्रिपाटि र रेश्मा तिमल्सिना “बुनु” को अभिनय रहेको छ कमेडि बेसमा बनेको गीत भूमिका गिरीको प्रस्तुतिमा स्मृति म्युजिक प्रा.लीबाट बजारमा आएको छ ।