आफैंलाई आगो लगाएका आचार्यको निधन - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

आफैंलाई आगो लगाएका आचार्यको निधन



काठमाडौं । काठमाडौं नयाँ बानेश्वर चोकमा मंगलबार आफैंलाई आगो लगाएका इलामका प्रेमप्रसाद आचार्यको उपचारका क्रममा निधन भएको छ ।

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको बुधबार बिहान निधन भएको अस्पतालले जनाएको छ ।

ब्यावसायिक जीवनमा असफलता भोगेको भन्दै मंगलबार दिउँसो उनले शरीरमा पेट्रोल खन्याएर आफैंलाई आगो लगाएका थिए । प्रहरीले तत्कालै आगो निभाएर उनलाई अस्पताल पुर्‍याए पनि उनको शरीरको ८० प्रतिशत भाग जलेको थियो ।

अस्पतालले ज्यादै गम्भीर अवस्थामा अस्पताल ल्याइएकाले बचाउन नसकेको बताएको छ ।

३७ वर्षीय आचार्यले आत्मदाह गर्नुअघि लामो वक्तब्य फेसबुकमा पोस्ट गर्दै ब्यावसायिक जीवनमा सबैतिरबाट असहयोग भएको र आफू लुटिएको बताएका थिए । उनले आफूलाई ठगी गर्ने दर्जनौं ब्यक्ति तथा ब्यावसायिक कम्पनीहरुमाथि गम्भीर आरोप लगाएका छन् ।