एन आर एनहरुको मार्गदर्शन भिजन २०२० एण्ड वियोण्ड - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

एन आर एनहरुको मार्गदर्शन भिजन २०२० एण्ड वियोण्ड



पुष्प थापा

गैर आवासीय नेपाली संघको नवौ क्षेत्रीय सम्मेलनको अन्तिम तयारी रहेको खबरले धेरै उत्साही बनाएकोछ। यस पटकको नाराको स्लोगन सुन्दा गैर आवासीय नेपाली संघ पनि आत्मनिर्भर संगै संघले आगामी दिनहरुमा आफ्ना अभियानहरु संकल्पको रुपमा तय गर्नेछ जस्तो लाग्दछ। आज सम्म संघमा उठेका धेरै नाराहरु कति पुरा भए भने केहि कानुनी प्रकृयाको पाईप लाईनमाछन।

भुकम्प पिडितहरुलाई १००० घर निर्माण गरी हस्तान्त्रण गरी सके पछि र संघको आफ्नो भवन निlर्माण भए पश्च्यात दिर्घाकालिन संरचना र स्वचालित आफ्नै बजेटमा चल्न सक्ने अवधारणामा विचार बिमर्श र छलफल गर्नु गैर आवासीय नेपाली संघको लागि दुरदर्शी दिर्घकालिन सोचाईको साथमा यो नया आयामले संघको उचाई अझ धेरै ठुलो हुनेछ। गैर आवासीय नेपाली संघको ईतिहास पल्टाउने हो भने २००६ सालमा जर्मनीको बोनमा आयोजना भएको संघको दोश्रो क्षेत्रीय सम्मेलनमा आत्म निर्भरताको बिषयले प्रवेश पाएकोथियो। १०० मिलियन डलर कोषको निर्माणको बारेमा धेरै चर्चा परीचर्चा भएको गैर आवासीय नेपाली संघका अग्रज तथा अभिन्यताहरुलाई स्मरणीयछ। गैर आवासीय नेपाली संघको बिश्व सम्मेलनमा उम्मेदवारहरुको चुनावी घोषणा पत्र सम्म यो बिषयले स्थान पाएको थियो।

नवौ क्षेत्रीय सम्मेलनको मुख्य एजेण्डा तय गर्नु अति उपयुक्त भएको मान्नु पर्दछ। संघको घर चलाउन र संघका नियमित अभियानहरु निरन्तरता दिन सधै धनि मान्छे खोज्नु पर्ने र चंदाको भर मात्र निर्भर रहने चलनलाई निषेध गर्ने समय आएको आभास महशुस हुन थाल्दछ। कम पैसा खर्च गर्न सामर्थ्य राख्ने कुशल नेतृत्व प्रदान गर्न सक्ने क्षमतावान व्यक्तिले पनि अब नेतृत्व गर्न दावी गर्न सक्ने गैर आवासीय नेपाली संघको हैसियत निर्माण हुनुपर्दछ। गैर आवासीय नेपाली संघको संस्थागत धरातलीय विकास भन्दा एकात्मक व्यक्तिबादी हावी हुदै गएको आरोप लगाउदै आएको अवस्थामा गैर आवासीय नेपाली संघको क्षेत्रीय सम्मेलन “एनआरएन भिजन २०२० एण्ड वियोण्ड” ले केहि आशा पलाएर आएको र सबै गैर आवासीय नेपालीहरुको साझा र छाता संघ भएको महशुस हुनेछ। गैर आवासीय नेपाली संघको स्थापना भएदेखि आज सम्म पंजीकृत सदस्य संख्या ५० हजार भन्दा माथि रहदा पनि अहिलेसम्म एउटै आय स्रोत चन्दाको भरमा धेरै अगाडी बढेको गैर आवासीय नेपाली संघमा समय संगै धेरै परिवर्तन भइसकेकोछन। समृद्ध नेपालको परिकल्पनाको रुप पनि परिबर्तन भई संसार भरमा रहेका सबै नेपालीहरु समृद्ध भएर मात्र समृद्ध नेपाल हुन्छ भन्ने भविष्यवादी लामो र फराकिलो सोचको साथ सामुयिक लगानी नेपाल तथा आफु रहेको मुलुकमा संयुक्त सामुयिक लागनीको गर्ने अवधारणाको बिकाश भई सकेकोछ।

विश्व भरी छरिएर रहेका नेपालीहरुलाई गैर आवासीय नेपाली संघमा आबद्ध गरी आपसी सद्भाव भाईचारा र नेपाल र नेपालीको पहिचान, राष्ट्रिय एकताको संगै एनआरएनहरुको कनेक्टीभिटीमा एक रुपता हुनुले गैर आवासीय नेपालीहरुमा आपसी सहयोगको वातावरण सिर्जना गरी आत्मनिर्भरको बिषयमा अग्रसर रहन अति महत्व पूर्ण भूमिकालाई समयमै छलफल चलाउनुले गैर आवासीय नेपाली संघको नवौ क्षेत्रीय सम्मेलनको परिणाम संघको बिकासको लागि कोसे ढुंगा साबित गर्नेछ। बिस २०४६ साल पश्च्यात धेरै नेपालीहरु बिदेशमा आउन थालेको तथ्यांकले देखाउछ।यो पहिलो पुस्ताका नेपालीहरु आजका सम्पूर्ण गैर आवासीय नेपालीहरु हौ पहिलो पुस्ताका नेपालीहरुको नेपालमा रहेको भाई बहिनि बुवा आमा सितको परिवार र आफ्नो परिवारको जिम्मेवारी बहन गर्न दोहरो मारमा पर्नु परेको अबस्थामा पनि केहि नेपालीहरु व्यापार व्यवसायमा राम्रो प्रगतिकोवर जादैछन। तर धेरै नेपालीहरुले ठुलो आर्थिक फट्को मार्न सकेकाछैन। तर पनि सामाजिक, आर्थिक,सांस्कृति र राजनीतिक रुपमा स्थाई बसोबास गरि प्रगति गरिरहेकाछन। नेपाल भन्दा बाहिर बिदेशमा जन्मेका दोस्रो पुस्ताहरुलाई नेपालीहरुलाई पनि नेपाल संगै जोड्नु पर्दछ र नेपालको बिकासमा हातेमालो गर्दै शिप,ज्ञान,पुजी र जागर खर्चिन दोश्रो पुस्तालाई नेपाल प्रति अभिप्रेरित गर्नु गैरआवासीय नेपाली संघको अहिलेको गहन जिम्मेवारीको बिषय बनेकोछ।

युवा प्रति धेरै आकर्षण कार्यक्रमहरुको तर्जुमा गरि अगाडी बढ्दा दोस्रो पुस्ताका नेपालीहरु प्रति नेपालको मोह र आत्मीय भावनाको विकास हुनसक्दछ। अमेरिकाको न्युजर्सीमा २७,२८ अगष्ट २०१६ दिन आयोजना हुन लागेको गैर आवासीय नेपाली संघको क्षेत्रीय सम्मेलनमा छलफल, विचार, बिमर्शको लागी तय गरिएको मूल नारा एनआरएन भिजन २०२० एण्ड वियोण्डले यी सबै पक्षहरुलाई सम्वोधन गर्ने सम्पूर्ण गैर आवासीय नेपालीहरुको बिश्वासछ। गैर आवासीय नेपाली संघको नवौ क्षेत्रीय सम्मेलनमा मुख्य नारा एनआरएन भिजन २०२० एण्ड वियोण्डको छलफलको साथ गैर आवासीय नेपाली संघ बिधान, निमावाली र आचारसंहिताका महत्व पूर्ण पक्षहरुलाई परिमार्जन,संशोधन वा विस्थापन गर्न अति आवाश्यक देखिन्छ। — गैर आवासीय नेपाली संघमा पर्दा भित्रबाट संचालित गुट, उपगुट र सिन्डिकेट खतम गर्नु पर्दछ। –बिश्व सम्मेलनबाट निर्वाचित नेतृत्वलाई स्वीकार गरी दुइ बर्षको कार्यकालमा पुर्व नेतृत्वहरुका अभियानहरुलाई निरन्तरता दिदै आफ्नो चुनाबी अभियानमा एनआरएन प्रतिनिधिहरुसित प्रतिबद्धता गरेका एजेन्डाहरुलाई लागु गर्न पाउनु पर्ने। –संघको गोप्यानियता भंग गर्न नपाउने। संघको बैठकले गरेका सबै निर्णयका बिषयहरु पनि बिधान अनुसार प्रबक्ता द्वारा मेडिया सम्म पुराउने। –आर्थिक परादर्शियता। संघको विश्व सम्मेलन,क्षेत्रीय सम्मेलन ,सबै ६ वटै क्षेत्रीय बैठकहरु र एनसीसीहरुको आय ब्याय परादर्शिक गर्दै सबै गैर आवासीय नेपालीहरुको जानकारीको लागी सर्वाजनिक हुनुपर्ने। –गैर आवासीय नेपाली संघको पंजीकृत सदस्यतालाई सधै खुल्ला राख्नु पर्ने।

–संघको सचिवालयको आर्थिक तथा काम काज र जिम्मेवारीको बारेमा बिष्तृत जानकारी गराउनु पर्ने।

–गैर आवासीय नेपाली संघको नेतृत्व बिकासको लागि समानुपातिक, समावेसी र सामुयिक हुनुपर्ने।

–गैर आवासीय संघमा बरियताको क्रममा आईसीसी,क्षेत्रीय र एनसीसी सम्म मर्यादा क्रम बिधि