आफ्नै घोषणापत्र विपरित एमालेले भोली चितवन बन्द गर्ने - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

आफ्नै घोषणापत्र विपरित एमालेले भोली चितवन बन्द गर्ने



काठमाडौं, जेठ १७ ।

निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको मतगणनाबारे छानबीन समिति गठन गरेको बिरोधमा नेकपा एमालेले भोली चितवन बन्द गर्ने भएको छ ।

स्थानीय निर्वाचनका बेला बन्द तथा हडताल जस्ता कुनै पनि कार्यक्रम नगर्ने घोषणा गरेको एमालेले चितवन बन्द गर्ने घोषणा गरेको हो ।

निर्वाचन आयोगले १९ नं. वडाको मतपत्र च्यातिएको विषयमा सत्यतथ्य बुझ्न छानबीन समिति गठन गरेपनि एमालेले भने त्यसको बिरोध गरेको छ ।

कतिपयले एमालेले छानबीन समितिको बिरोध गरेको घटनालाई अर्थपूर्णरुपमा लिएका छन् । गल्ती नगरेको भए किन छानबीन समितिको बिरोध गरेको त ? भन्ने प्रश्न सामाजिक सञ्जालमा व्यापक देखिन्छ ।

 

एभरेष्ट दैनिक