आईलब सुनार फेसबुक ग्रुप परिवार क्लबकाे रक्तदान कार्यक्रम सम्पन्न । - Himal Post Himal Post
  • ५ बैशाख २०८१, बुधबार
  •      Wed Apr 17 2024
Logo

आईलब सुनार फेसबुक ग्रुप परिवार क्लबकाे रक्तदान कार्यक्रम सम्पन्न ।



हिमाल पोस्ट /कावासोती,

“रक्तदान जीवन दान” भन्ने भनाइलाई आत्मसाथ गर्दै आईलब सुनार फेसबुक ग्रुपले रक्तदान कार्यक्रम फलफुल चाेकमा कावासोती  नवलपरासी १६ सेप्टेम्बर २०१७ मा सम्पन्न गरेकाे छ । अस्पताल हरुमा विभिन्न दुर्घटनाहरुमा परेका बिरामिहरुका लागि रगतकाे आवश्यकता पर्दछ ।

आइलब सुनार ग्रुप कार्यक्रम सम्योजक कृष्ण विश्वकर्मा काे सभापतित्व, नेपाल रेडक्रम साेसाईटी उपशाखा कावसाेतीका अध्यक्ष ऋषिराम कँडेलकाे प्रमुख अातिथ्यता, नेपाल सुनचाँदी व्यवसायी सङ्घका केन्द्रीय सदस्य बाबुराम बि क, हाेम बि क , नेकपा माओवादी का केन्द्रीय सदस्य नेत्र बि क , दलित एकता सञ्जाल आई सी सी सदस्य उर्मिला सुनार काे विशेष आतिथ्यता रहेकाे कार्यक्रम सञ्चालन सृष्टि सुनारले गरेकी थिइन ।

यस कार्यक्रम भव्यताका साथ सफल बनाउन कार्यक्रम सँयाेजक सुदर्शन बिश्वाकर्मा, सह सँयाेजक अमृत ल्वागुन, ग्रुप लिडर हरू,( रिचाल सुनार,नवलपरासी) बिनिता सुनार रामपुर पालपा), ममता सुनार,स्याङ्जा )अन्य सदस्य हरू सुमि बराइली, अबिनास सुनार , उर्मिला सुनार लगायतकाे विशेष याेगदान रहेकाे छ ।

समाजमा व्यापक रूपमा रहेकाे जातीय विभेद, पानी चल्ने नचल्ने परम्परा लाई रगत सबैमा चलाेस र पानी नचलाउने व्यक्ति नै किन नहाेस आवश्यकता अनुसार रगत प्राप्त हाेस, समाजले रगत सँगै पानी पनि चलाओस भन्ने सँदेश दिनका लागि याे कार्यक्रम गरिएकाे ग्रुपका संस्थापक / सल्लाहकार सुनार वसन्त ले बताए ।

पछिल्लाे समयमा आएकाे सामाजिक सञ्जाल लाई सही सदुपयाेग गर्दै सामाजिक कार्यमा लाग्न युवाहरूलाई प्रेरित गरी सन् 2015 मा स्थापना भएकाे यस ग्रुपले निरन्तर सामाजिक कार्यहरू गरिरहेकाे छ । यश ग्रुपलाइ अझ बढी सक्रिय बनाउँदै देश विदेशमा रहेका युवाहरूलाई जुटाउन सहजताका लागि छिट्टै नै अन्तर्राष्ट्रिय स्तरमा बिस्तार गरिने समेत संस्थापक सुनार सुनार वसन्त ले जानकारी दिए ।

एसै आईलब सुनार ग्रुप लिडर घर गुल्मी हाल दुबैई कृष्ण खड्काले, कार्यक्रम सु खुसल सफल पारेको मा सम्पूर्ण लिडर हरू लाई फोन मार्फत धन्याबाद शुभ कामना दियको सुनार ले बताए, छिटै नै विभिन्न गरिब हरुको बसती हरुमा, आपत् बिपत परेका दुखी गरिब हरुको लागि राहात लियर जादै छेो भन्ने सुखबर, लिडर सुदर्शन बिश्वाकर्मा, अमृत ल्वागुन, बिनिता सुनार, ममता सुनारले बताएका थिय।