आइतबार कञ्चनपुरको पुनर्वासका तिन बालक हराए - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

आइतबार कञ्चनपुरको पुनर्वासका तिन बालक हराए



हेमन्त न्यौपाने
पुनर्वास, कञ्चनपुर ।। कञ्चनपुरको पुनर्वास नगरपालिकाका ३ बालक आइतबारदेखि हराएका छन । हराउनेमा पुनर्वास नगरपालिका ५ ग गाउँका १२ बर्षिय सुदिप थापा र कल्याण सिंहका जुम्ल्याहा दुई छोरा ९ बर्षिय आशिष शिंह र ९ बर्षिय अभिषेक शिंह रहेका छन ।

इलाका प्रहरी कार्यालयमा त्रिभुवनबस्तीमा सुदिप थापाको बुवा भक्त बहादुर थापाले निवेदन दर्ता गराएका छन । प्रहरीले वालकहरुको खोजी कार्य जारी राखेको अस्थायी प्रहरी चौकी आईबिआरडीका प्रमुख प्रहरी सहायक निरीक्षक योगेन्द्र बलायरले बताए ।

बालकहरु भारततर्फ गएको हुनसक्ने आशंका भएको बालकको आमा रेखा शिंह ठकुरीले बताइन । उनले बालकको खोजी गर्दै पुनर्वास र बेलौरी नगरपालिकाका धेरै स्थान र आफन्तका घरमा सोधपुछ गर्दा समेत नभेटिएको भन्दै भाबुक बनिन ।

बालकहरुलाइ देख्ने जो कसैले सिधा सुदिप थापाको बुवा भक्त बहादुर थापाको मोबाइलमा खबर गरि सहयोग गर्न सक्नुहुनेछ । फोन ९८१०७००३६४ मा सम्पर्क गर्न्सकिन्छ । बालकहरु आइतबार दिउँसो २ बजे घरबाट हराएका हुन ।