आज हरितालिका तीज, किन मनाइन्छ ? - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

आज हरितालिका तीज, किन मनाइन्छ ?



काठमाडौँ, भदौ ८ ।

भाद्र शुक्ल तृतीयाका दिन बिहीबार हिन्दू नारीले उल्लासका साथ हरितालिका तीज पर्व मनाउँदै छन् । पर्वतराज हिमालय पुत्री पार्वतीले शक्तिसम्पन्न शिवजीलाई वर पाउन निराहार बसी गरेको तपस्या सफल भएपछि योग्य वर पाएकी थिइन् । त्यसपछि यो पर्व मनाउने चलन बसेको हो ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली महिलाको महान् चाड हरितालिका तीजका अवसरमा स्वदेश र विदेशमा रहेका सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्दै सांस्कृतिक पर्वलाई अक्षुण्ण राख्दै विकृति र नकारात्मक पक्षलाई छोड्दै जानुपर्ने बताउनुभएको छ । यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले पनि सोही अवसरमा देशविदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।