प्रदेश २ मा आज मतदान : ६६ सय २७ पदका लागि ३७ हजार उम्मेदवार मैदानमा - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

प्रदेश २ मा आज मतदान : ६६ सय २७ पदका लागि ३७ हजार उम्मेदवार मैदानमा



१४ हजार तीन सय ३७ महिला उम्मेदवार छन्

असोज २ काठामाडौं-

प्रदेश नम्बर २ का आठ जिल्लामा आज स्थानीय तहको तेस्रो चरणको निर्वाचन हुँदै छ । एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरि  १३६ स्थानीय तहमा निर्वाचन हुनेछ ।

स्थानीय निर्वाचनमा ६६ सय २७ पदका लागि ३७ हजार दुई सय ३६ उम्मेदवार प्रतिस्पर्धा गर्दै छन् । जसमध्ये १४ हजार तीन सय ३७ महिला र २२ हजार आठ ६१ पुरुष छन् ।

निर्वाचन आयोगका अनुसार नगरप्रमुख तथा अध्यक्षमा पुरुष १७ सय ९ र महिला ६१ जना उम्मेदवार चुनावी मैदानमा छन् । नगर उपप्रमुख र उपाध्यक्षमा भने महिलाको उम्मेदवारी बढी छ । नगर उपप्रमुख र उपाध्यक्षमा एक सय ९७ पुरुष र नौ सय १९ महिला उम्मेदवार छन् ।

आयोगको तथ्यांकअनुसार वडाध्यक्षमा पुरुष आठ हजार ५२ र महिला दुई सय २३ जना उम्मेदवार छन् । हालसम्म आठजना निर्विरोध भइसकेका छन् । २१ सय ६६ मतदानस्थलमा ३५ सय ७८ मतदान केन्द्र रहनेछन् । मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ३१ हजार पाँच सय कर्मचारी परिचालन गरिएको छ ।

निर्वाचन आयोगले बाढी र डुबानबाट उत्पन्न पीडालाई बिर्सेर एक दिन राष्ट्रका लागि उपयोग गर्न आग्रह गरेको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचन तयारी र सुरक्षा प्रबन्ध व्यवस्थित रहेकाले निर्भीक रूपमा मतदान गर्न मतदातालाई अनुरोध गरे ।