दिल्लीको तेस्रो खेल आज, सन्दीप परेनन टीममा - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

दिल्लीको तेस्रो खेल आज, सन्दीप परेनन टीममा



काठमाडौं -इन्डियन प्रिमियर लिग(आईपिएल)मा लगातार दुई खेल गुमाएको दिल्ली डेयरडेभिल्सले शनिबार तेस्रो खेल खेल्दैछ। मुम्बई इन्डियन्स्विरुद्ध शनिबार उसले प्रतिस्पर्धा गर्दै छ।
नेपाली समयअनुसार दिउसो सवा ४ बजे सुरु हुन लागेको खेलमा नेपाली खेलाडी सन्दीप लामिछानेको टिममा पर्ने सम्भावना न्यून छ।

बढीमा ४ जना बिदेशी खेलाडी राख्न पाइने भएकाले सन्दीपको सम्भावना न्यून भएको हो। ४ जना विदेशी खेलाडीमा कोलिन मुन्रो, ग्लेन म्याक्सवेल,क्रिस मोरिस र  ट्रेन्ट बोल्टको सम्भावना धेरै रहेको भारतीय मिडियाहरुले जनाएका छन्।

मुम्बईले पनि दुवै खेलमा पराजित भएको थियो। दुवै टिम आईपिएलमा पहिलो जित निकाल्ने प्रयासमा छन्।