आज बुटवलमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीका नेताहरुले संवोधन गर्ने (फोटो फिचर ) - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

आज बुटवलमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीका नेताहरुले संवोधन गर्ने (फोटो फिचर )



हिमाल पोष्ट/  बुटवल , बुटवलमा आज नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीका नेताहरुले संवोधन गर्ने रहेको छ।

15327264_10211510572309310_7912742293146945628_n

दिउसो तिन बजे बुटवलको  राजमार्ग चौराहामा हुने कार्यकर्म रहेको छ ।

आज बिहनै देखि विभिन्न क्रियाशिल व्यवसायिक संघ/संस्था, पेशागत संघ संगठनले बृहत ¥याली प्रदर्शन गरेका छन् ।

15326370_10211510567429188_8535844260830903294_n

बुटवल उद्योग बाणिज्य संघ, पश्चिम नेपाल वस व्यवसायी संघ, पश्चिमाञ्चल यातायात व्यवसायी समिति, पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसन, अखण्ड ५ नम्बर प्रदेश दवाव अभियान लुम्बिनी, ई–रिक्सा व्यवसायी संघ, रुपन्देही उद्योग संघ, रुपन्देही व्यापार संघ लगायतका रुपन्देहीमा क्रियाशिल विभिन्न संघ/संगठनले बृहत जनप्रदर्शन गरेका हुन् ।

15338765_10211510878036953_2582027946780967739_n

मंगलवार सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गरेपछि बुधवार देखि नै बुटवल लगायत गुल्मी, पाल्पा, अर्घाखांची, प्युठान, रुकुम, रोल्पा लगायतका पहाडी जिल्लामा दिनहु विरोध प्रदर्शन भएका छन् । 15320366_1298100240262761_1534620975_n

हिजो बुटवलमा आन्दोलनकारी र प्रहरी विच झडप हुंदा चार जना प्रहरी सहित ६ जना घाइते भएका थिए । आज बुटवलमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीका नेताहरुले संवोधन गर्ने कार्यक्रम छ ।