आजदेखि नेपाल सम्वत ११ सय ३८ - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

आजदेखि नेपाल सम्वत ११ सय ३८



काठमाण्डु, ३ कात्तिक– नेपाल सम्वत आजदेखि एघार सय ३८ मा प्रवेश गरेको छ ।

आज विभिन्न कार्यक्रम गरेर नेपाल सम्वतको नयाँ वर्षलाई स्वागत गरिँदैछ । नेपाल सम्वतका अवसरमा राजधानीका विभिन्न स्थानबाट झाँकी सहित -याली समेत निकालिँदैछ ।

नेपाल सम्वतको प्रचलन लिच्छवीकालमा शंखधर साख्वाले सुरुआत गरेका हुन् । राजा राघवदेवको शासनकालमा ऋणमा डुबेका देशबासीलाई साख्वाले ऋणमुक्त गराएका थिए । देशबासीलाई ऋणमुक्त गराएको स्मरणमा नेपाल सम्वत प्रचलनमा ल्याइएको हो । नेपाल सम्वत चन्द्रमानक पात्रोमा आधारित छ ।

नेपाल सम्वत एक प्रचलनमा आएको दिन विक्रम सम्वत नौ सय छत्तिस र इश्वी सम्वत आठ सय उनान्असी थियो । आजकै दिन नेवार समुदायले म्हः पूजा गर्दैछन् ।