आजका पत्रपत्रिकाको फ्रन्ट पेज के छ ? - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

आजका पत्रपत्रिकाको फ्रन्ट पेज के छ ?



हिमाल पोष्ट / मंसिर ९ गते बिहीबार । उपत्यकाबाट प्रकाशित दैनिक पत्रपत्रिकाले संविधान संशोधनका विषयमा सरकार मोर्चाको छलफललाई प्रमुख प्राथमिकताका साथ प्रकाशन गरेका छन् ।

नागरिक दैनिकः आजको नागरिक दैनिकले पाँच नम्बर प्रदेशबाट पाँच जिल्ला टुक्रयइँदै शीर्षकमा मुख्य समाचार प्रकाशन गरेको छ ।  ११ दिन देखि टिचिङ अस्पतालमा उनशनरत डा. गोविन्द केसीको अवस्था थप गम्भीर बन्दै गएको समाचारलाई पनि नागरिकले  मुख्य समाचार बनाएको छ । त्यस्तै इम्जासँग  अब केको डर शीर्षकको समाचार लाई नागरिक दैनिकले आफ्नो मुख्य पृष्ठमा स्थान दिएको छ ।

गोरखापत्रःगोरखापत्र दैनिकमा संशोधन दर्ता गराउन सरकार र मोर्चाबीच सहमति शीर्षकको समाचार मुख्यताका साथ प्रकाशन भएको छ भने मोर्चा र सत्ता साझेदार दलबीचको बैठकको तस्वीरलाई चार कोलमो स्थान दिएर मुख्यताका साथ प्रकाशन गरेको छ । त्यस्तै स्थानीय तहमा संक्रमणकालीन नीति बनेन , प्रत्यारोपण केन्द्रमा ओपन हार्ट सर्जरी  र इम्पा हिमताल बिस्फोटको जोखिम हट्यो शीर्षकका समाचार पहिलो पृष्ठमा प्रकाशन भएका छन् ।

कान्तिपुरः आजको कान्तिपुर दैनिकले सरकार मोर्चा बैठक संशोधन अघि बढाउने टुंगो शीर्षकको समाचार मुख्य समाचारको रुपमा छापेको छ भने गोविन्द केसीको अनशनका विषयमा चिकित्सक संघले भन्याः ‘सरकार संवेदनहीन’ शीर्षकको समाचारले मुख्य समाचारको रुपमा स्थान पाएको छ । त्यस्तै लुम्बिनी बौद्ध विश्वविद्यालयले आफ्नो उदेश्यसँग मेल नखाने प्राविधिक विषय सञ्चालन अनुमति दिएको समाचार उद्देश्य बौद्ध, सम्बन्धन इन्जिनियरिङ र व्यवस्थापन शीर्षकमा आजको कान्तिपुरमा प्रकाशित छ ।

राजधानीःआजको राजधानी दैनिकले एमालेविनै संविधान संशोधन विधेयक दर्ता शीर्षकको समाचार प्रकाशन गरेको छ । जर्नेलहरुलाई सेनापतिको निर्देशन सम्बन्धी समाचार राजधानी दैनिकले प्रमुखताका साथ प्रकाशन गरेको छ । त्यस्तै सुदूर र मध्य पहाडका गाउँ रित्तिँदै गरेको समाचार निमेन्द्र शाहीको बाइलाइनमा आजको राजधानी दैनिकले प्रकाशन गरेको छ ।  त्यस्तै मापदण्डविपरीतका १७ जिल्लाको प्रतिवेदन फिर्ता शीर्षकको समाचार आजको राजधानी दैनिकमा मुख्य पृष्ठमा छापिएको छ ।