आज विश्व स्वास्थ्य दिवस मनाइदै - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

आज विश्व स्वास्थ्य दिवस मनाइदै



हिमाल पोष्ट / काठमाडौँ, चैत २५ गते ।  ‘उदासीनता रोग  खुलेर कुरा गरौँ” भन्ने मूल नारासाथ शुक्रबार विश्व स्वास्थ्य दिवस मनाइँदैछ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्रले मानसिक रोगसम्बन्धी जनचेतनामूलक कार्यक्रमसाथ विश्व स्वास्थ्य दिवस मनाउन लागिएको जानकारी दिएको छ ।
राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक बद्रीबहादुर खड्काले यो वर्ष मानसिक रोगलाई प्राथमिकता राखेर विश्व स्वास्थ्य दिवस मनाउन लागिएको जानकारी दिनुभयो ।  निर्देशक खड्काले नसर्ने रोगको कारकतत्व मानसिक स्वास्थ्य भएकोले उदासीनता रोगलाई प्राथमिकताका दिएको जानकारी दिँदै मन्त्रालयले मानसिक रोगसँग सम्बन्धित सरोकारवालाहरूसँग अन्तक्र्रिया आयोजना गरेको बताउनुभयो ।
उहाँले विश्व स्वास्थ्य दिवसले मानसिक स्वास्थ्यबारे विश्वको ध्यान आकृष्ट गराउन खोजेको जानकारी दिँदै नेपालमा पनि ७० प्रतिशतलाई मानसिक रोगसम्बन्धी कुनै न कुनै समस्या भएको बताउनुभयो ।
केन्द्रका वरिष्ठ जनस्वास्थ्य अघिकृत कुञ्ज जोशीले विश्व स्वास्थ्य दिवसले नसर्ने रोग (मानसिक) लाई प्राथमिकता दिएको बताउँदै नेपालमा ६० लाख मानिसमा मानसिक स्वास्थ्यसम्बन्धी रोग लागेको जानकारी दिनुभयो ।
विश्व स्वास्थ्य सङ्गठनको स्थापना दिवसको अवसरमा विश्व स्वास्थ्य दिवस मनाउने गरिन्छ ।  सन् १९५० बाट विश्व स्वास्थ्य दिवस मनाउन सुरु गरिए पनि  नेपालमा भने सन् १९९५ देखि विश्व स्वास्थ्य दिवस मनाउन थालिएको हो ।  हरेक वर्ष अप्रिल ७ मा विश्व स्वास्थ्य दिवस मनाउने गरिन्छ ।