एक दिने नि:शुल्क आँखा शिविर सम्पन्न - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

एक दिने नि:शुल्क आँखा शिविर सम्पन्न



सुखड कैलाली । नेपाल नेत्रज्योति संघ गेटा आँखा अस्पताल र ड्याक फाउण्डेशनको संयुक्त आयोजनामा एक दिने आँखा शिविर घोडाघोडी नगरपालिका- १ सुखडमा सम्पन्न भएको छ ।

राष्ट्रिय माध्यमिक विद्यालयको प्राङ्गणमा भएको नि:शुल्क अाँखा शिविर बाट २२८ जनाले अाँखा सम्बन्धी स्वास्थ्य सेवा लिएको नेत्र अधिकृत नरेन्द्र बिष्टले जानकारी दिए । जसमध्ये १३७ जना महिला र ९१ पुरुष रहेका छन् ।

चेकजाँचका क्रममा ५७ जनाको अाँखामा मोतिबिन्दुको समस्या देखिएको पाइएको छ । जसमध्ये ३५ जना महिला र २२ जना पुरुष रहेको बिष्टले बताए । मोतिबिन्दुबको समस्या देखिएका आँखा रोगीहरुलाइ गेटा आँखा अस्पतालमा नि:शुल्क शल्यक्रियाको लागि रेफर गरिएको अधिकृत बिष्टले जानकारी दिए ।