कांग्रेसको र्‌‍यालीमा एमालेको सांघातिक आक्रमण - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

कांग्रेसको र्‌‍यालीमा एमालेको सांघातिक आक्रमण



असोज ८, काठमाडौं-

बृन्दावन नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा जितेपछि नेपाली कांग्रेसले निकालेका र्यालीमा एमाले कार्यकर्ताले आक्रमण गर्दा चारजना घाईते भएका छन् । घाईते सबै कांग्रेस कार्यकर्ता हुन् ।
बृन्दावन नगरको मेयर पदमा रामस्नेही यादव र उपमेयरमा नुरजहाँ खातुन निर्वाचित भएको घोषणा शुक्रबार साँझ भएको थियो ।

शनिबार विहान कांग्रेस कार्यकर्ता र्यालीसहित यादवको घर क्षेत्र विश्रामपुरतर्फ जानेक्रममा हर्षाहाटो लमा एमाले कार्यकर्ताले आक्रमण गरेका थिए ।
समान्य विवाद झडपमा परिणत भएको थियो ।

बाँसको भाटासहित घरेलु हतियार बोकेका एमाले कार्यकर्ताको आक्रमणबाट शेख खैरुल्लाह, शेर हेमराजुल, शेख जाहिर मोहम्मद सैमुल्लाह घाईते भएका छन् ।, यो खबर आजको नागरिकमा छ ।