आलम जेल नगएसम्म छोराको किरिया गर्दिन - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

आलम जेल नगएसम्म छोराको किरिया गर्दिन



काठमाडौं- रौतहटको राजपुरमा १२ बर्षअघि भएको बम कान्डमा मारिएका छोराको श्रीनारायण सिंहले अहिलेसम्म मारिएको छोराको काजकिरिया गरेका छैनन् ।

अब पनि न्याय नपाएसम्म काजकिरिया नगर्ने उनको अडान छ । राजपुर बम कान्डमा उनका छोरा पिन्टु भनिने त्रिलोकप्रताप सिंह मारिएका थिए ।

‘छोराको मृत्यु भएको थाहा छ तर कानुनले अहिलेसम्म लास देखाएको छैन । कसरी काजकिरिया गर्ने’, आँखाभरी आँशु पार्दै श्रीनारायणले भने, न्याय पाउनुपर्‍यो, जिउँदै छ भने देखाइदिनुपर्‍यो ।’

२०६४ चैत्र २७ गते साँझ बम विस्फोटमा छोरो मारिएको अनौपचारिक जानकारी प्राप्त भएको र आफूले १२ बर्षदेखि सर्बोच्च अदालतसम्म धाएर न्याय खोजिरहेको बताउँदै सिंहले अब भने न्याय पाउने र छोराको काजकिरीया गर्न पाउने आशा गरेका छन् । नागरिक दैनिकबाट