जिउँदै मान्छे जलाएका आलमको अचम्मको बयान - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

जिउँदै मान्छे जलाएका आलमको अचम्मको बयान



काठमाडौं – इटा भट्टीमा पोलेर मान्छे मारेको आरोप लागेका कांग्रेस नेता अफताव आलमले घटना नै नभएको दाबी गरेका छन् ।

शुक्रबार बयानको लागि सरकारी वकिल कार्यालयमा पेश गर्दा आलमले आफूलाई फसाउने षड्यन्त्र भएको बताएका छन् ।

‘घटना नघटेका कारणले महान्यायाधीवक्ताको कार्यालयबाट मुद्दा नचल्ने निर्णय भएको थियो त्यही नै सत्य हो,’ उनले भने ।

आलमलाई दोस्रो पटक पाँच दिनको म्याद थपिएको छ । जिल्ला अदालत गौरले उनलाई पाँच दिनको म्याद थप गरेको हो ।

बयान प्रक्रिया पूरा नभएकोले प्रहरीले पुनः बयान गराउनको लागि म्याद लिन आज आलमलाइ प्रहरीले अदालतमा पेश गरेको हो ।