दिल्ली मतगणना: आम आदमी पार्टीले लियो व्यापक अग्रता - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

दिल्ली मतगणना: आम आदमी पार्टीले लियो व्यापक अग्रता



काठमाडौं- भारतकाे दिल्लीमा गएको शनिबार भएको विधानसभा चुनावको मतगणना मंगलबार सुरु भएको छ। दिल्लीका ७० विधानसभा सिटका लागि शनिबार मतदान भएको थियो ।

आरोप–प्रत्यारोपले भरिएको चुनावी अभियानपछि भएको मतदानमा दिल्लीका नागरिकले कसलाई भावी सरकार सञ्चालनको जिम्मा दिएका छन् भन्ने मंगलबार थाहा हुँदैछ ।

सुरुवाति मतपरिणाममा आम आदमी पार्टीले अग्रता लिएको छ । सुरुवाति नतिजामा आपले ४० भन्दा बढी सिटमा अग्रता लिएको छ । यस्तै भाजपाले १० भन्दा बढी सिटमा अग्रता लिएको छ ।

मतदानपछिका अधिकांश सर्वेक्षणहरुले सत्तारुढ आम आदमी पार्टी नै फेरि दिल्लीको सत्तामा आउने देखाएका छन् । गएको विधानसभा चुनावमा आम आदमी पार्टी (आप) ले ७० मध्ये ६७ सिट जितेको थियो ।

अहिले दिल्लीमा आप, केन्द्रमा सत्तामा रहेको भारतीय जनता पार्टी (भाजपा) र केन्द्रमा विपक्षमा रहेको कांग्रेसबिच मुख्य प्रतिस्पर्धा छ ।

तर कांग्रेस भने दिल्लीमा आफ्नो अस्तित्व मेटिन नदिनका लागि संघर्षमा रहेको छ । यसअघिको विधानसभामा उसले एक सिट पनि जितेको छैन र अहिले पनि खासै राम्रो गर्ने देखिएको छैन ।

गएको विधानसभामा तीन सिटमा सीमित रहेको भाजपाले केही राम्रो गर्ने देखिएको सर्वेक्षणहरुले दाबी गरेका छन्।