अन्तर्राष्ट्रिय आप्रवासन दिवस: वैदेशिक रोजगारीका अनेक समस्या, भाषा मुख्य - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

अन्तर्राष्ट्रिय आप्रवासन दिवस: वैदेशिक रोजगारीका अनेक समस्या, भाषा मुख्य



विशाल पाण्डेय / सुखड,कैलाली
घोडाघोडी नगरपालिकाकि मनिषा चौधरी केहि बर्ष अघि धन कमाउने आसमा विदेश गइन । श्रीमानले मदिरा सेवन गरेर आफुलाइ कुटपिट गरेपछि उनि भागेर कुवेत पुगेकी थिइन् । घरायसी हिंसाका कारण एक्लो हुदा छोराछोरीको भबिष्यको लागि कुबेत गएको मनिषाले बताइन् । आँखाबाट आँसु झार्दै उनले भनिन , श्रीमानले दोस्रो बिहे गरे, साना साना कुरामा मलाइ कुटपिट गर्न थाले र सानै बाल बच्चा छोडेर विदेश गए ।” जान मन नहुदा पनि छोराछोरीको भबिष्यको लागि जान बाध्य भएर छोडेर गए आँसु पुछ्दै ,उनले थपीन ।

अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसर पारी सुखडमा बुधबार महिला पुनस्थापना केन्द्र (आरेक नेपाल) ले आयोजना गरेको कार्यक्रममा मनिषाले कुवेतबाट केही महिना अघि नेपाल आएको बताइन् । मनिषाका दुई छोरी र एक छोरा छन् । श्रीमानले अर्को बिहे गरेपछि आफू हिंसामा पर्दा कोहिले पनि सहयोग नगरेको दुखेसो पोखिन । अति नै हिंसा भएपछि आफू अलग बस्ने भनेपछि एक कठ्ठा जमिन दिएको र आफ्ना छोराछोरीलाई त्यस्तै छोडेर उनिहरुको भविस्य खोज्न बिदेश गएको मनिषाले बताइन् । विदेश गएर पनि राम्रोसंग भाषा नआउदा आफू समस्यामा परेको बताइन् । उनले कमाएर अलि अलि जम्मा गरेको पैसा पनि अरुलाइ राख्न दिदा अहिलेसम्म आफुले नपाएको दुखेसो पोखिन ।

घोडाघोडी नगरपालिका -५ कि अनुशा शाहिले पनि घरायसी समस्याका कारण आफू केही बर्षअघि वैदेशिक रोजगारका लागि दुबई गएको बताइन् । उनले काम गर्ने ठाउमा बढी मानसिक यातना दिने, समयमै तलब नदिने र दिएपनी थोरै दिएको अनुभव सहभागीहरुलाई सुनाइन् । शाहले बिरामी हुँदा समेत उपचार नगरेको हुँदा थलिएर बस्नुपर्ने बाध्यता पनि हुने गरेको बताइन् । त्यहाँको भाषा नजान्नु नै प्रमुख समस्या रहेको अनुभव सुनाउदै सकेसम्म यहि केही गर्ने र जानै परे राम्रोसँग बुझेर भाषा सिकेर जानको लागि सुझाव समेत दिइन ।

त्यस्तै भजनीकि गंगादेवी परियारले आफ्नो श्रीमान साउदी गएको बताइन् । उनले बैदेशिक रोजगारीका लागि श्रीमान बाहिर जादा महिलालाई समाजले हेर्ने दृष्टिकोण फरक रहेको अनुभव सुनाइन् । उनले आफू केही कामले बाहिर जादा वा केही संघसंस्थाको कार्यक्रमहरुमा जादा पनि समाजले नराम्रो दृस्टीकोणले हेर्ने गरेको बताइन् ।

यी त केही पात्र मात्र हुन् । कार्यक्रममा बैदेशिक रोजगारीबाट फर्केका अन्य महिलाहरुले पनि आफुले भोगेका समस्या, चुनौती तथा अवसरको बारेमा जानकारी गराएका थिए । ठुलै सपना बुनेर बिदेश गएपनि सोचे जस्तो नहुने भन्दै सहभागीहरुले सम्झौता अनुसारको तलब र सेवा सुबिधा नदिने, श्रममा बढी लगाउने तथा शारिरिक र मानसिक यातना समेत भोग्नु परेको अनुभव सुनाएका थिए ।

देशमा रोजगारीको अवसर नहुने र स्वरोजगार बन्नका लागि आर्थिक अवस्था बाधक बन्ने गरेका कारण बिदेशलाई अन्तिम बिल्कपको रुपमा रोज्नु पर्ने बाध्यता भएपनि महिलालाई बिदेश जादा वा पुरुष विदेश गइ महिला घरमा भएपनी महिलालाई नै नराम्रो दृष्टिकोणले हेर्ने गरेको सहभागीहरुले बताएका छन् । उनिहरुले सकेसम्म नेपालमै केही गर्ने र जानै परेपनी राम्रोसँग बुझेर भाषा सिकेर जानुपर्ने बताए ।

कार्यक्रमको सहजीकरण गर्दै ओरेक नेपालकी कैलाली जिल्ला संयोजक बिनु रानाले बैदेशिक रोजगारीका क्रममा बिशेष गरी महिलाहरुले भोग्नु परेका समस्या तथा चुनौतीहरुको पहिचान गरी समुदायमा सचेतना अभिबृद्धी गर्ने हेतुले कार्यक्रमको आयोजना गरिएको बताइन् ।

महिलाहरुले अन्तिम बिकल्पको रुपमा तथा अरुको लहलहैमा लागेर कानुनी प्रक्रिया नै पुरा नगरी बिदेशिने र अन्तमा ठुलो संकटमा पर्ने गरेको भन्दै उनले हिंसा पिडीत महिलाहरु बढी यसको सिकार हुने गरेको बताईन । ओरेक नेपालले देशमै केही ब्यवसाय गर्न चाहने महिलाहरुलाई आर्थिक सहयोग गर्ने गरेको तथा अन्तिम बिकल्पको रुपमा बैदेशिक रोजगारीमा जान चाहने महिलाहरुलाई समेत सुरक्षित रुपमा रोजगारमा पठाउने गरेको संयोजक रानाले जानकारी दिइन ।

कार्यक्रममा बोल्दै घोडाघोडी नगर उप-प्रमुख प्रेम कुमारी थापाले संबिधानमा महिलाहरुको अधिकार सुरक्षित गरेको भएपनि कार्यान्वयनको पाटो भने निकै कष्टकर भएको धारणा राखिन । आफुले सोचे अनुरुप काम गर्ने वातावरण नभएपनि महिला अधिकारका लागि निरन्तर लागि परेको तथा महिलाको बैदेशिक यात्रा अन्त्यका लागि नीति निर्माण र कार्ययोजना सहित अघि बढ्ने बताईन । साथै उनले महिलाहरुले बैदेशिक रोजगारीमा नजान र जानै परे ज्ञान र सीप हासिल गरी कानुनी प्रक्रिया पुरा गरेर मात्र जान आग्रह गरिन ।