डा आरजु कैलाली ५ बाट चुनाव लड्ने - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

डा आरजु कैलाली ५ बाट चुनाव लड्ने



१३ कात्तिक, काठमाडौं ।

प्रधानमन्त्री पत्नी तथा नेपाली कांग्रेसकी नेतृ आरजु राणा प्रत्यक्ष चुनाव लड्ने भएकी छन् ।

सोमबार बसेको कांग्रेस संसदीय समितिको बैठकले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाकी पत्नी आरजुलाई कैलाली ५ मा उम्मेदवार बनाउने निर्णय गरेको हो ।

दोस्रो संविधानसभामा प्रधानमन्त्री देउवा डडेलधुरासँगै कैलाली ५ बाट विजयी भएका थिए ।

तर, दुई मध्ये एक क्षेत्र एउटा क्षेत्र छोड्नु पर्ने कानुनी प्रावधान अनुसार कैलाली ५ छाडे । उपनिर्वाचनमा कांग्रेसका पुष्करनाथ ओझा निर्वाचित भएका थिए ।

यस्तै कांग्रेस नेतृ अम्बिका बस्नेत काठमाडौं क्षेत्र नम्बर ३, महालक्ष्मी डिना उपाध्याय पनि मकवानपुर २ र सीता गुरुङ तेह्रथुमबाट चुनाव लड्ने भएकी छन् ।

संसदीय समितिले गुल्मी १ मा चन्द्र भण्डारी र २ मा चन्द्र केसी, सुर्खेत २ मा दयराम थानी र सल्यानमा राजेन्द्र बहादुर शाहलाई उम्म्मेदवार बनाउने निर्णय गरेको छ ।