विमानस्थलमा आस्थाले गरेको हर्कत यस्तो पो रहेछ (भिडियो) - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

विमानस्थलमा आस्थाले गरेको हर्कत यस्तो पो रहेछ (भिडियो)



काठमाडौं । गायिका आस्था राउत र प्रहरीबीच बुधबार त्रिभुवन विमानस्थलमा भएको विवाद अहिले चर्चाको विषय बनेको छ ।

झापा जाने क्रममा त्रिभुवन विमानस्थलमा चेकजाँचका क्रममा प्रहरीले आफूलाई हातपातसहित दुर्व्यवहार गरेको गायिका राउतको आरोप छ ।

उनले सामाजिक सञ्जाल फेसबकुमार्फत प्रहरीलाई गाली गरेको भन्दै प्रहरीले पनि उक्त विषयमा अनुसन्धान सुरु गरेको जनाएको छ ।

विमानस्थल स्रोतबाट बाह्रखरीलाई प्राप्त सीसीटीभी फुटेजमा प्रहरीले उनलाई ज्याकेट खोल्न आग्रह गर्दा हतार गर्दै कफी छाडेर हिँड्न लागेपछि प्रहरीले नै उनलाई कफी लैजान आग्रह गरेको भिडियोमा देख्न सकिन्छ ।

आस्थाले आफूलाई प्रहरीले दुर्व्यवहार गरेको भन्दै केही शब्द आफूले पनि नबोलेको भए पनि हुने उल्लेख गरेकी छन् । बाह्रखरीसँगको कुराकानीमा उनले भनेकी छन्, “जे भएको हो त्यो कुरा मैले भिडियोमा भनिसकेको छु ।

सहनै नसक्ने दुर्व्यवहार भएका कारण मैले भिडियोमार्फत् भएको कुरा बाहिर ल्याएको हुँ । भिडियोमा प्रयोग भएका दुईचार शब्द पक्कै पनि मैले प्रयोग नगरेको भए हुने थियो जस्तो अहिले लागेको छ । तर त्यति ठूलो गल्ती नै भने मैले गरे जस्तो लाग्दैन । मैले जे भोगेँ त्यो कुरा भनेकी हुँ ।”

फ्लाइट डिले हुने भएपछि विमानस्थल परिसरमै कफी पिएर बसिरहेको अवस्थामा बुद्ध एअरका कर्मचारीले बोलाएपछि हतारमा कफी बोकेरै चेकिङतर्फ जाँदा चेकिङमा महिला प्रहरीले आफूलाई अपमानजनक व्यवहार गरेको उनको भनाइ छ ।

“चेकिङमा रहेकी महिला प्रहरीले ज्याकेट खोल्न भनेपछि मैले प्लेन छुट्न लागेको बताउँदै ज्याकेट नखोले हुँदैन भनेर सोधेँ,” आस्था भन्छिन्, “तर मलाई त्यहीँ अपशब्द प्रयोग गर्दै हात नै हाल्ने काम भयो । मलाई तँ भनेकोमा चित्त दुखाइ होइन हात हालेको मन परेन ।”

जाँच गर्दा महिला प्रहरीले नै कफी राखिदिएको र आफूले हतार भएका कारण लैजान्न भनेपछि ‘लैजा ! नलगे तेरो ब्यागमा खन्याइदिन्छु’ भनेपछि आफूले प्रहरीबाटै दुर्व्यवहारको महसुस गरेको उनको भनाइ छ ।

उता महिला प्रहरी जवान रमीता श्रेष्ठले भने आस्थालाई कारवाहीको माग गरेकी छन् । विमानस्थल प्रहरी कार्यालयमार्फत् उनले महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीलाई निवेदन लेख्दै कारवाहीको माग गरेकी हुन् ।

भिडियो