आस्था राउतलाई ४ दिन हिरासतमा राखिने - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

आस्था राउतलाई ४ दिन हिरासतमा राखिने



काठमाडौं- विमानस्थलमा प्रहरीमाथि अभद्र ब्यबहार गरेको आरोप लागेकी गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले राउतलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

काठमाडौं प्रहरी परिसर, टेकुले जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमार्फत म्याद थपका लागि प्रशासनमा अनुरोध गरेको थियो ।

राउतले सोमबार बिहान प्रहरी समक्ष आत्मसमर्पण गरेकी थिइन् ।

केहिदिन अगाडी विमानस्थलमा प्रहरीले आफूलाई अभद्र ब्यबहार गरेको भन्दै आस्थाले सामाजिक संजालमा गालीको वर्षा गरेको भिडियो राखेकी थिइन् ।

उक्त भिदियोकै आधारमा आफूलाई दुर्ब्यबहार गरेको भन्दै महिला प्रहरीले उनीविरुद्ध उजुरी दिएकी थिइन् ।