एउटी आस्थाका पछाडी पुरै संगठन लाग्ने, मुलुकको अस्मिता लुट्नेहरू खुलेयाम ? - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

एउटी आस्थाका पछाडी पुरै संगठन लाग्ने, मुलुकको अस्मिता लुट्नेहरू खुलेयाम ?



काठमाडौं- केही सातादेखि त्रिभुव अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान कक्षतर्फ प्रवेश गर्ने क्रममा प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोप गायिका आस्था राउतमाथि लागेको थियो ।

उनी आस्था सोमबार काठमाडौं महानगरीय प्रहरी परिसरमा गल्ती स्वीकार गरिन् । सोमबार बिहान सबे अनलाइन मिडियाहरुले ‘आस्था राउत पक्राउ अथवा आस्था रातद्वारा आत्मसमर्पण’ गरेका शीर्षकमा समाचार प्रकाशित भए । सामाजिक सञ्‍जालमा पनि यस विषयको पक्ष-विपक्षमा विभिन्‍न तर्कहरु भइरहेका छन् ।

उनलाई थप कारबाही प्रक्रिया अगाडि बढाउन भन्दै प्रहरीले उनका आफन्तलाई पनि टेकुस्थित महानगरीय प्रहरी परिसर बोलाएको छ । त्रिभुवन विमानस्थलमा चेकजाँच क्रममा गायिका आस्था र त्यहाँकी महिला प्रहरीबीच विवाद भएको थियो।

गायिका आस्थाले आफ्नो फेसबुकमा भिडियोमार्फत प्रहरीविरुद्ध आक्रोश पोखेकी थिइन्। सोही विषयमा विमानस्थलकी ती महिला प्रहरीले उनीविरुद्ध उजुरी दिएपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले यही माघ ५ गते पक्राउ पुर्जी जारी गरेको थियो ।

प्रहरीले सीसीटिभि फुटेज तथा स्वतन्त्र अनुसन्धानका क्रममा गायिका आस्था दोषी पाइएमा कारबाही गर्नुपर्छ । कानुको नजरमा कुनै पनि नागरिक ठूलो-सानो हुँदैन । सबैलाई कसुर अनुसाको कानुनबमोजिक कारबाही गर्नुपर्छ । आस्था राउतलाई कारबाही गर्नु हुँदैन भन्‍ने तर्कहरु केवल क्षणिक आवेग र आवेशका दुर्भावनामात्र हुन् ।

तर, गायिका आस्थाले प्रहरी जवानमाथि अभद्र गरेकोमा पक्राउ गरिरहँदा दिनदहाडै मानिस काट्‍नेहरु र नेपाली जनताको ‘आस्था’ खुल्याम लिलाम गर्नेहरु छाति ठूलो पारेर हिड्‍नु दुखद हो । नेपाल प्रहरी र नेपालको कानुनलाई उनको छेउसम्म पर्न नसक्नु दुखद हो ।

कसुर एक जवानमाथिको अभद्र व्यवहार भन्दा पनि तीन करोड नेपाली जनताको आस्था लिलाम गर्ने र राष्ट्रलाई घात गर्ने, कानुनी शासन, लोकतान्त्रिक सिद्धान्त र सार्वभौम मुलुकमाथिको प्रहार कयौं गुणा ठूलो अपराध हो । तर, त्यस्तो अपराध गर्नेहरु राज्यसत्तामा पुग्‍नु अनि तीनै पीडितमाथि शासन गर्नु दुर्भाग्य हो । उनीहरुलाई कानुी दायरमा ल्याउन नसक्‍नु भनेको कानुनी राज्यको उपहास हो ।

गायिका आस्था पक्राउ पर्नुभन्दा एकदिन अघि काभ्रेका अर्जुन लामाको हत्यामा संलग्‍न भएको आरोपमा अदालतमा विचाराधिन मुद्दा रहेको व्यक्ति लोकतन्त्र र कानुन बनाउने थलोको प्रमुखमा नियुक्त भए । सभामुख चयन प्रक्रिया रोक्‍न अदालतमा परेको अर्को रिट सर्वोच्‍च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायाधीश हरि फुयाँलको इजलासमा पारिदिएका थिए । न्यायाधीश तत्कालीन समयमा अधिवक्ता रहँदा सापकोटाको विपक्षमा बहस गरेका थिए । उनले बहस गरेको मुद्दा भएकोले आइतबार उक्त मुद्दामाथि सुनुवाई हुन सकेन । फलस्वरुप हत्या आरोपित व्यक्ति स-सम्मान निर्विरोध सभामुखमा निर्वाचित भए ।

उता पोखरामै गुण्डागर्दीको ब्याकग्राउन्डबाट आएका राजीब गुरुङ उर्फ दीपक मनाङे छ हजार धरौटीमा रिहा भए । उनले रिहापछि भने, ‘बाहिर थकाइ लागेको थियो । उडुस पनि रहेनछन् । रेस्ट गर्न पाएँ । अब मज्जाले रक्सी खानुपर्छ ।’ उनको यो अधिव्यक्तिले प्रहरी प्रशासन र कानुनको पालनालाई कसरी ब्याख्या गरेका रहेछन् भन्‍ने प्रस्ट हुन्छ ।

कुनै व्यक्तिले कसैको हत्या गरेको स्वीकार गरेमा कसुरको प्रकृति अनुसार २० वर्षको कैद सजाय हुन्छ । तर, तत्कालीन माओवादी अध्यक्ष र अहिलेका सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खुल्याम पाँच हजारको हत्या गरेको जिम्मा लिन्छु भन्दै हिँडिरहेका छन् । उनको अभिव्यक्तिलाई सुन्‍ने हाम्रो कानुनको कान छैन ।

अन्तर्राष्ट्रिय विभिन्‍न मानवअधिकावादी र प्रजातान्त्रिक संघसंस्थाहरुले नेपालमा लोकतन्त्र र कानुनी सुशासनको अवस्था खस्कँदै गएको भन्दै टिप्पणी गरिरहेका छन् । तर, हाम्रो कानुन कार्यान्वयनको जिम्मा पाएको नेपाल प्रहरी भने एक गायिकाले गरेको अभद्र व्यवहारलाई इस्यु बनाएर खेदीरहेको छ ।

दोषी भएमा आस्था उम्किनु हुँदैन । तर, एक आस्थाकापछि पुरै संगठन लाग्‍छ तर तीन करोड नेपालीको आस्था र मुलुकको अस्मितामाथि तथानाम गर्नेहरु राज्यसत्तामा जाने खेलले प्रहरीको कार्यशैली र मुलुकको भविष्यप्रति चिन्ता गर्ने प्रशस्त ठाउँहरु दिएका छन् ।