आस्था राउतविरुद्ध पक्राउ पुर्जी: पक्राउ गर्न प्रहरी तैनाथ - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

आस्था राउतविरुद्ध पक्राउ पुर्जी: पक्राउ गर्न प्रहरी तैनाथ



काठमाडौं- पछिल्लो समय प्रहरीलाई अभद्र गाली गरेका कारण चर्चामा रहेकी गायिका आस्था राउतलाई पक्राउ गर्न प्रहरीले अनुमति पाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले राउत विरुद्ध पक्राउ पुर्जी जारी गरिएको बताए ।

उनले भने, ‘आस्था राउतलाई नेपाल प्रवेश गर्ने बितिक्कै पक्राउ गर्छौं । त्यसपछि अनुसन्धान प्रक्रिया अघि बढाउँछौं ।’

कार्यक्रमका लागि सिक्किम जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चेकजाँचका क्रममा महिला प्रहरी रमिता श्रेष्ठ र आस्था राउतबीच लफडा भएको थियो ।

त्यसपछि महिला प्रहरी रमिताले आफूविरुद्ध दूर्व्यवहार भएको भन्दै उजुरी दिएकी थिइन् ।