कलाकारिता कै हुर्मत लिने आस्था राउतको असभ्य शैली - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

कलाकारिता कै हुर्मत लिने आस्था राउतको असभ्य शैली



काठमाडौँ- सामाजिक सञ्जालमा केही न केही विषय भाइरल भई नै रहन्छन् आजकल । अहिले सञ्जालमा चर्चित गायिका आस्था राउत हेपिएको र प्रहरीलाई उनले हेपेको विषयवस्तु चर्चामा छन् ।

सामाजिक सञ्जालमा मात्र होइन यो विषयवस्तुले प्रशासन सम्मको निन्द्रा खलबलाएको छ । उनीमाथि प्रहरीले गरेको व्यवहार र उनले प्रहरीलाई गरेको व्यवहारको पनि छानबिन हुने भएको छ ।

आस्था राउत अहिले भाइरल नै बनेकी छन् भने उनका पक्षमा र विपक्षमा बोल्नेहरू पनि भाइरल बनेका छन् । कतिपयले प्रहरीको समर्थनमा बोलेका छन् त कतिपयले आस्थाको पक्षमा बोलेका छन् । तर, यहाँ नमनीय कुरा के छ भने आस्था एउटा समाज र दुनियाँ बुझेकी शिक्षित भनिएकी देशकी कलाकार हुन् । अरूले उनलाई गरेको व्यवहार भन्दा पनि तल झरेर उनलाई प्रस्तुत हुन सुहाउन्न र उनले समाजलाई दिने शिक्षा पनि यस्तो होइन ।

उनीबाट उनका समर्थकले सिक्न खोजेको पाठ पक्कै यस्तो पनि होइन । घटना घटेपछि त्यसलाई सुल्झाउने अनेकौँ उपायहरू हुन्छन् । कानुन छ, प्रशासन छ, राज्य छ यतिले पनि नपुगे अन्य उपायहरू छन् ।

आस्था राउतले जुन शब्दले उनलाई दण्डित गर्न खोजेकी छन् ती किमार्थ सही होइनन् । सभ्य भाषामा पनि व्यक्तिलाई सम्झाउन सकिन्छ । सही ट्रयाकमा ल्याउन सकिन्छ ।

एउटा अशिक्षित व्यक्तिले त आजकल नीच र तल्लो स्तरको शब्द प्रयोग गरेर गाली गर्न सक्दैन र मिल्दैन उनी त लाखौँले मन पराएकी कलाकार हुन् । उनले यो कुराको भने महसुस गर्ने पर्छ ।

सामाजिक सञ्जालमा उनका नीच शब्दलाई लिएर उनीमाथि प्रश्न उठ्न थालेको छ । कतिपयले उनलाई पढेलेखेको गँवारको संज्ञा दिएका छन् भने कतिपयले कलाकारकै बेइज्जत गरेको आरोप समेत लगाएका छन् ।

उनकै विषयवस्तुमा वीरेन्द्र खनाल लेख्छन्

अस्ति भर्खर एउटा भिडियो बाहिरियो ,महिला प्रहरीले झरी परेको बेला भिज्दै गाडीहरू स्कटिङ गर्दै थिइन त्यही बिचमा एकजनाले गाडी भित्रैबाट थर्काउँदै थियो।आज आस्था राउतको यस्तै हर्कत देखे।आफ्नो कमजोरी को हेक्का नराख्ने अनि हैसियतको कुरा गर्ने? कानुनले आस्था राउत को हो चिन्दैन, चिनेर फरक व्यवहार भयो भने कसरी न्यायिक समानता भयो?

आस्था राउतले आवेगमा वेद पढिँदैन भनिछन् अनि ती महिला प्रहरीले आवेगमा पनि वेद पढेर तिम्रो प्रक्रिया उपर चेक जाँच गरिन। उनी पनि महिला हुन महिला भन्दा अगाडि मानव हुन, उनिसङ्ग पनि आवेग थियो होला तर तिम्रो जस्तो भाइरलवाला आवेग होइन कानुनभन्दा माथि व्यक्ति हुँदैन भन्ने आवेग।

फेसबुकमा हेमन्त गिरी लेख्छन

एउटा सत्य के हो भने:
नेपालका अधिकांश पुलिसको बोल्ने म्यानर चाहिं छैन !!

र अर्को सत्य के पनि हो भने:
‘स्टार’ भनिदिनु पर्छ, अधिकांश कलाकारले ‘हामी धर्तीमा बस्ने अरु प्राणी जस्तै हौं’ भन्ने कुरो बिर्सिन्छन !!

नोट: ‘अधिकांश’ लेखेको छु, ‘सबै उस्तै त छैनन नि दाई !’ भन्ने कमेण्ट लेख्ने कष्ट नगर्नुहोला !!

फेसबुकमा नारायण गाउँले लेख्छन्

आस्थाजीले अलिकति सीमा नाघेरै बोल्नुभएछ । उहाँलाई प्रहरीले ‘तँ’ भनेकोमा रिस उठेको रहेछ तर उहाँले त तँ मात्रै होइन, पुलिसलाई फोहोर नालीको किरा नै भन्नुभएछ । उहाँको आफन्त र इष्टमित्र पनि प्रहरीका माथिल्ला ओहोदामा पुगेजस्तो लाग्यो, उहाँ ओहोदाधारी प्रति अलि नरम देखिनुभयो तर तल्लो तहका प्रहरीप्रति उहाँले प्रयोग गरेका शब्द र गाली निम्न स्तरको देखियो ।

उहाँ राष्ट्रिय स्तरको कलाकार हुनुहुन्छ । सम्मान गर्नु कर्तव्य हो । तर उहाँ विश्व भ्रमण लिइरहनुहुन्छ । उहाँलाई थाहा हुनुपर्ने हो, एउटा कलाकार भएकैले सार्वजनिक सेवामा ‘विशेष ट्रिटमेन्ट’को अपेक्षा राख्नु पनि राम्रो होइन । सबैले आआफ्नो ठाउँमा हो सम्मान पाउने ।

सार्वजनिक ठाउँमा सबै समान हुन्छन् । कलाकार त अझ हाम्रो समाजका लागि रोलमोडल हुने भएकाले नम्र, भद्र र सभ्य हुनुपर्छ । उहाँ अपमानित भएकोमा दुःख लागेको छ तर उहाँको अभिव्यक्तिले हजारौँ प्रहरीको अपमान भएकोमा पनि उत्तिकै दुःख लागेको छ । अब सार्वजनिक रूपमा उहाँले पिउसो, डन्ठे, बन्दुके भनेका प्रहरीले उहाँलाई कसरी आदर गर्न सक्लान् ? यो त काम र त्यसको तहलाई लिएर हेपिएको अभिव्यक्ति भयो ।

अझ उहाँले कुनै अमुक प्रहरीलाई लक्षित गरेर ‘त्यो ठन्डी’ भन्नु र ‘लौरो मुखबाट कोचेर कुन्नि कहाँबाट निकालिदिने थिएँ’ भन्नु एउटा कलाकारको निम्ति कत्ति नसुहाउनु पर्ने हो । बाहिर यस्तो अभिव्यक्ति सिरियस र दण्डनीय हुन्छ । उसो त प्रहरीले बाहिर हेपेर बोल्दैनन् पनि ।

प्रहरीले सिक्नु र सुधार गर्नुपर्ने कुरा धेरै छन् । अलिकति शिक्षा आस्थाजीको फिडब्याकबाट पनि लिन सकिन्छ । तर सबैले आस्थाजीकै शैलीमा सुधारको शिक्षा दिन थाल्ने हो भने के होला ? अलिकति सुधार त कलाकारमा पनि चाहिने देखियो ।

ट्विटरमा विक्रम लेख्छन्

आस्था राउत भन्या को रैछ भन्या त गाली को वर्षा राउत पो रैछन भन्दा रैछन् प्रहरी स्टाफहरू

ट्विटरमा विजय लेख्छन्

वास्तवमा नेपाली ले सत्कार भुलेकै हुन्!
अरूलाई रुट/जरै देखि सुधार गर भन्दा आफ्नै जरामा सक्रान्तिमा गैति/खन्ति बजारिएको थाहै पाईनन् !!!

अर्का ट्विटर प्रयोगकर्ताले लेखेका छन्:

आस्था राउत तिमी गायिकाको रूपमा विभिन्न देश घुमेकी छौ । के तिमी अरू देशको एयरपोर्टमा कफी बोकेर ज्याकेट घडी बेल्ट जुत्ता लगाएर सेक्युरिटी चेक गर्न जान सक्छौ ? प्रहरीले तिमीलाई होइन तिमीले प्रहरी हेपेको र सुरक्षा प्रणालीलाई अवज्ञा गरेको कसुरमा जेल चलान हुनुपर्छ ।

ट्विटरमा वसन्त घिमिरे लेख्छन्

आस्था राउत भन्ने एउटी टुप्पाबाट पलाएकी चेलीले विमानस्थलमा प्रहरीले चेकिङको ज्याकेट खोल्न लगायो भनेर भिडियो बनाएर प्रहरीलाई तथानाम भनिन्छन् । संस्कार र खानदान नभएका खातेको पारा त्यही हो । बसन्तपुरकाे मामाको चिया पसलमा चिया खाने कात नभएकालाई भाग्ले सोल्टी छिराएपछि ।

ट्विटरमा निर्मल प्रसाईँ लेख्छन्

नालिका किरा लाई कहिले सिकाउने: आस्था राउत:-
हो प्रहरीलाई सत्ताको दबाब हुन्छ खराब काम गर्न , केही खराब होलान् त्यो जुन सोसाइटी मा पनि हुन्छ, तपाइले तिरेको ट्याक्स बाट तलब थाप्छन्, तपाइलाई ‘त’ भन्दा चित्त दुख्यो तर त्यसो भन्दैमा नालिका किरा सँग प्रहरीलाई दाँज्नु खेदजनक र आपत्तिजनक छ।

ट्विटरमा सरिता भट्ट लेख्छिन्

विमानस्थलमा चेकिङ्गको क्रममा कसैले आएर आफ्नो ज्याकेट उतारिदिँदैन । आफ्नो कपडा आफै उतार्नु पर्छ । यति सामान्य कुरा समेत नबुझ्ने आस्था राउत सेलीब्रेटि हुँ भन्दैमा साह्रै घमण्ड पनि गर्नु हुँदैन । अझै हातमा कफी थियो रे! थुक्क!

गल्ती आफ्नो छ । दोष चाहिँ प्रहरी प्रशासनलाई लगाउने?