रवीचन्द्रन आश्विनले एकाएक छाडे आइपिएल - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

रवीचन्द्रन आश्विनले एकाएक छाडे आइपिएल



काठमाडौं- आइपिएल टिम दिल्ली क्यापिटल्सका हस्ती रवीचन्द्रन आश्विनले इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटको जारी सिजनबाट बाहिरिने घोषणा गरेका छन् ।

परिवारका सदस्यहरु कोभिड–१९ को सङ्क्रमणको चपेटामा परेको अवस्थामा उनीहरुलाई साथ सहयोग दिनुपर्ने जनाउँदै आश्विनले सिजनका बाँकी खेल नखेल्ने बताएका हुन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘अहिलेको कठिन अवस्थामा मैले परिवारलाई मद्दत गर्नु मेरो प्रमुख जिम्मेदारी हो ।’ दिल्ली क्यापिटल्सले आश्विनको निर्णयप्रति समर्थन जनाएको छ ।

भारतमा कोरोनाभाइरसको महामारी तिब्र रुपमा फैलिएको अवस्थामा आइपिएल खेलाउनु ठीक नरहेको भन्दै आलोचना पनि हुन थालेको छ ।

यसैबीच, रोयल च्यालेन्जर्स बैंगलोरमा अनुबन्धित केन रिचर्डसन र एडम जाम्पाले पनि कोभिड–१९ को सङ्क्रमणको कारण देखाउँदै चालू लिगमा सहभागिता नजनाउने भन्दै स्वदेश फर्किएका छन् ।